काठमाडौँ, वैशाख २४ । बिहीबार सेयरबजारमा सामान्य सुधार आएको छ । आज नेप्से ६.९४ अंकले बढेर २ हजार ७१८.१६ विन्दुमा कायम भएको छ । आज सेयरबजारमा ३३४ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये १५५ कम्पनीका सेयरमूल्य बढेका छन् भने १०२ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।
आज कुल ६६ लाख ८४ हजार सात कित्ता सेयर २ अर्ब ९३ करोड १९ लाख ६९ हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम बुधबारको तुलनामा ८.३१ प्रतिशतले कमी हो । आज सेयरबजारमा सूचीकृत समूहमध्ये वाणिज्य बैंक, विकास बैंक, होटेल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, लघुवित्त, व्यापार तथा अन्य समूहका परिसूचक सकारात्मक रहेका छन् ।
वित्त, लगानी, उत्पादनशील तथा प्रशोधन, म्युचुअल फण्ड तथा निर्जीवन बीमा समूहका परिसूचक भने ओरालो लागेका छन् । स्ववलम्बन लघुवित्त वित्तीय संस्था, सिर्जनशील लघुवित्त वित्तीय संस्था तथा पिओर इनर्जी लिमिटेडका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् ।
सबैभन्दा बढी गुमाउनेमा भने फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी तथा मेन्छियाम हाइड्रोपावर लिमिटेडका सेयरधनी रहेका छन् ।
Published Date: 07 May 2026