धादिङ जिल्लाको चराङ्‍गे फेदी केन्द्रविन्दु भएर ४.१ मग्निच्युडको भूकम्प

धादिङ जिल्लाको चराङ्‍गे फेदी केन्द्रविन्दु भएर ४.१ मग्निच्युडको भूकम्प : Icon Khabar

काठमाडौँ, वैशाख २४ । धादिङ जिल्लाको चराङ्‍गे फेदी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ११:१४ बजे ४.१ मग्निच्युड भूकम्प गएको हो।

भूकम्पको धक्का धादिङसहित आसपासका जिल्ला र काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो। भूकम्पबाट हालसम्म कुनै भौतिक वा मानवीय क्षतिको विवरण बाहिर आएको छैन।

Published Date: 07 May 2026