काठमाडौँ, वैशाख २४ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ १ हजार ८ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँमा भईरहेको छ । अघिल्ला दिन भने एक तोला सुनको भाउ २ लाख ९६ हजार ८ सय रुपैयाँ कायम थियो ।
आज १० ग्राम सुनको भाउ २ लाख ५४ हजार ४६० रुपैयाँ कायम छ ।
यस्तै आज चाँदीको भाउ समेत बढेको छ । चाँदी आज १ सय रुपैयाँले बढ्दै प्रतितोला ५ हजार १५५ रुपैयाँ पुगेको छ ।२३, budhabaar
Published Date: 07 May 2026