विश्व बक्सिङको तयारीमा महिला बक्सर

विश्व बक्सिङको तयारीमा महिला बक्सर : Icon Khabar

काठमाडौं, फागुन १० । आईबा विश्व महिला बक्सिङ च्याम्पियनसिपको तयारीका लागि ७ खेलाडीसहित ९ सदस्यीय नेपाली बक्सिङ टोली बिहीबार भारतको पञ्जाब जाने भएको छ ।

पञ्जाब इन्स्टिच्युत अफ स्पोर्ट्समा खेलाडीले फेब्रुअरी २३ देखि मार्च १३ तारिखसम्म प्रशिक्षण गर्ने छन् । उनीहरुलाई क्युबाका वरिष्ठ प्रशिक्षक फर्नान्डेज र सुरिन्दर कौरले प्रशिक्षण दिने छन् ।

विश्व बक्सिङमा सुष्माले ४८ केजी, अस्मिता दुवालले ५० केजी, अन्जनी तेलीले ५२ केजी, मिनु गुरुङले ५४ केजी, चन्द्रकला थापाले ५७ केजी, संगिता सुनारले ६० केजी र सरस्वती रानाले ७० केजी तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।  प्रशिक्षकमा प्रकाश थापा मगर र अनुराधा लामा रहेका छन् । टोली पञ्जाबाटै विश्व बक्सिङका लागि नयाँ दिल्ली जाने छ । विश्व बक्सिङ मार्च १३ देखि २७ तारिखसम्म चल्ने छ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, सदस्य अञ्जन धमला र नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 February 2023
Website | + posts