काठमाडौँ, वैशाख २३ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा ८ वटै अध्यादेश जारी गरेका छन्।
राष्ट्रपति पौडेलले ७ अध्यादेश पारित गरेका थिए भने संवैधानिक परिषदसम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता गरेका थिए।
तर मन्त्रिपरिषद बैठकले फेरि संवैधानिक परिषदसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि आज राष्ट्रपति पौडेलले उक्त अध्यादेश पनि जारी गरेका हुन्।
बालेन शाह नेतृत्वको रास्वपाको एकल सरकारले ८ वटा अध्यादेश ल्याएको थियो।
संवैधानिक परिषद अध्यादेश, केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश जारी भएको हो।
Published Date: 05 May 2026