गुजरात टाइटन्सको रोमाञ्चक जित: अन्तिम ओभरमा पञ्जाब किंग्स ४ विकेटले पराजित

गुजरात टाइटन्सको रोमाञ्चक जित: अन्तिम ओभरमा पञ्जाब किंग्स ४ विकेटले पराजित : Icon Khabar

काठमाडौँ, वैशाख २१   गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा पञ्जाब किंग्सलाई ४ विकेटले पराजित गरेको छ। अहमदाबादमा भएको खेलमा गुजरातले १ सय ६४ रनको लक्ष्य १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो।

पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो। पञ्जाबका लागि सूर्यांश सेड्जेले ५७ रन तथा मार्कस स्टोइनिसले ४० रनको बनाए ।

गुजरातका बलरहरूले सुरुवातमै पञ्जाबलाई दबाबमा पारेका थिए। मोहम्मद सिराज, कागिसो रबाडा र जेसन होल्डरको उत्कृष्ट बलिङका कारण पञ्जाब एक समय ४७ रनमै ५ विकेट गुमाएको अवस्थामा पुगेको थियो। जेसन होल्डरले उत्कृष्ट प्रदर्शन गर्दै ४ र रबाडाले २ विकेट लिए।

१ सय ६४ रनको लक्ष्य पछ्याएको गुजरातका लागि साई सुदर्शनले ५७ रनको अर्धशतकीय इनिङ्स खेले। वाशिङ्टन सुन्दरले अविजित ४० रन बनाउँदै टोलीलाई जितसम्म पुर्‍याए।

अन्तिम ओभरमा ११ रन आवश्यक भएको अवस्थामा सुन्दरले अन्तिमभन्दा अघिल्लो बलमा छक्का प्रहार गर्दै गुजरातलाई जित दिलाए। पञ्जाबका अर्शदीप सिंहले र विजयकुमार वैशाखले समसन २ विकेट हात पारे।

यो जितसँगै गुजरातले लगातार तेस्रो जित दर्ता गर्दै अंक तालिकामा १२ अंक पुर्‍याएको छ। पञ्जाब भने लगातार दोस्रो हार व्यहोरे पनि अझै तालिकाको शीर्ष स्थानमा रहेको छ।

Published Date: 04 May 2026




ताजा
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका क्षेत्रमा तापक्रम बढ्यो
इ-पासपोर्ट खरिद प्रकरणमा ‍दुईवटा जर्मन कम्पनीका प्रतिनिधिहरुलाई अख्तियारले बोलायो
शिक्षामा २ खर्ब १८ अर्ब बजेट, सबै सामुदायिक माध्यमिक विद्यालयमा स्मार्टबोर्ड राख्ने योजना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न