लिपुलेक–नाथुला मार्गबाट कैलास यात्रा, नेपाललाई जानकारी छैन

लिपुलेक–नाथुला मार्गबाट कैलास यात्रा, नेपाललाई जानकारी छैन : Icon Khabar

काठमाडौँ, वैशाख १७ । भारतले सन् २०२६ का लागि कैलास मानसरोवर यात्राको घोषणा गर्दै आवेदन खुला गरेको छ। यात्रा जुनदेखि अगस्टसम्म चीनसँगको समन्वयमा सञ्चालन हुनेछ।

भारतले उत्तराखण्डको लिपुलेक पास र सिक्किमको नाथुला पास हुँदै दुई मार्ग तय गरेको छ, जसबारे नेपाललाई जानकारी नदिइएको जनाइएको छ। लिपुलेक–कालापानी क्षेत्रलाई लिएर नेपाल–भारतबीच विवाद कायम छ।

यात्रामा २० टोलीमार्फत करिब एक हजार यात्री सहभागी हुन सक्नेछन्। आवेदनको अन्तिम मिति मे १९ तोकिएको छ र छनोट ‘रेन्डम’ प्रणालीबाट गरिनेछ।

Published Date: 01 May 2026


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै