थाइल्यान्डमा हुने १८ औं विश्व मुवाँथाइ च्याम्पियनसिपमा नेपालले भाग लिने

थाइल्यान्डमा हुने १८ औं विश्व मुवाँथाइ च्याम्पियनसिपमा नेपालले भाग लिने : Icon Khabar
विश्व मुवाँथाइमा सहभागी हुने टोली बिदाइपछि सदस्य–सचिव टंकलाल घिसिङसंग तस्वीर खिचाउदै

काठमाडौँ, फागुन १० । थाइल्यान्डको बैंककमा हुने १८ औं विश्व मुवाँथाइ च्याम्पियनसिपमा नेपालका ५ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

फागुन २८ देखि चैत ६ गतेसम्म हुने प्रतियोगिताको पुरुष ५७ केजीमा गुणराज रुचाल, ५४ केजीमा पुर्णजित राई, ७१ केजीमा नवराज पराजुली र ५१ केजीमा सञ्जय राईले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । महिला ४८ केजीमा डेनिका राईले खेल्ने छिन् ।

प्रशिक्षकमा गणेशलाल कक्षपति तथा व्यवस्थापकमा निलम अधिकारी छन् । गुणराज, पुर्णजित र नवराज प्रशिक्षणमा पनि सहभागी हुने भएकाले बुधबारै बैंकक प्रस्थान गरिसकेका छन् । बाँकी टोली पछि जाने छ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबारै एक कार्यक्रमबीच बिदाइ गरे । विश्व च्याम्पियनसिपको फरक संस्करणमा नेपालले हालसम्म १ स्वर्ण, १ रजत र ७ कांस्य पदक जितेको नेपाल राष्ट्रिय मुवाँथाइ संघले जनाएको छ ।

Published Date: 22 February 2023




















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक