थाइल्यान्डमा हुने १८ औं विश्व मुवाँथाइ च्याम्पियनसिपमा नेपालले भाग लिने

थाइल्यान्डमा हुने १८ औं विश्व मुवाँथाइ च्याम्पियनसिपमा नेपालले भाग लिने : Icon Khabar
विश्व मुवाँथाइमा सहभागी हुने टोली बिदाइपछि सदस्य–सचिव टंकलाल घिसिङसंग तस्वीर खिचाउदै

काठमाडौँ, फागुन १० । थाइल्यान्डको बैंककमा हुने १८ औं विश्व मुवाँथाइ च्याम्पियनसिपमा नेपालका ५ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

फागुन २८ देखि चैत ६ गतेसम्म हुने प्रतियोगिताको पुरुष ५७ केजीमा गुणराज रुचाल, ५४ केजीमा पुर्णजित राई, ७१ केजीमा नवराज पराजुली र ५१ केजीमा सञ्जय राईले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । महिला ४८ केजीमा डेनिका राईले खेल्ने छिन् ।

प्रशिक्षकमा गणेशलाल कक्षपति तथा व्यवस्थापकमा निलम अधिकारी छन् । गुणराज, पुर्णजित र नवराज प्रशिक्षणमा पनि सहभागी हुने भएकाले बुधबारै बैंकक प्रस्थान गरिसकेका छन् । बाँकी टोली पछि जाने छ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबारै एक कार्यक्रमबीच बिदाइ गरे । विश्व च्याम्पियनसिपको फरक संस्करणमा नेपालले हालसम्म १ स्वर्ण, १ रजत र ७ कांस्य पदक जितेको नेपाल राष्ट्रिय मुवाँथाइ संघले जनाएको छ ।

Published Date: 22 February 2023
ताजा
बुधवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
हालका लागि निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा ३ प्रतिशत समता कर लागु नगर्ने प्रधानमन्त्रीको घोषणा
मंगलबार नेप्से परिसूचक ७.२५ अंकले बढ्यो
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय