सगरमाथा आरोहणका लागि क्याम्प–२ सम्मको बाटो बनाउने काम सम्पन्न

सगरमाथा आरोहणका लागि क्याम्प–२ सम्मको बाटो बनाउने काम सम्पन्न : Icon Khabar

काठमाडौं, वैशाख १७ । सन् २०२६ को वसन्त ऋतुको सगरमाथा आरोहणका लागि क्याम्प–२ सम्मको बाटो बनाउने काम सम्पन्न भएको पर्यटन विभागले जनाएको छ।

सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) र पर्वतारोहण सञ्चालक संघको समन्वयमा आरोहणको लागि दोस्रो आधार सिविरसम्म रोप फिक्सिङको सम्पन्न भएको हो ।

मार्च १६ तारिखमा आईसफल डक्टर्स र शेर्पाहरुको टोलिले हिमालको पूजा गरि रोप फिक्सिङको काम सुरु गरेका थिए । खराब मौसम र हिमपातका कारण यस वर्ष रोप फिक्सिङको काम केहि दिन ढिला गरि सुरु भएको थियो ।

जलवायु परिवर्तनका कारण हिमालको हिउँ पग्लीन थालेपछि पछिल्ला वर्षहरुमा सगरमाथा लगायत मुख्य हिमालहरु रोप फिक्सिङको काम जटिल बन्दै गएको छ । यस वर्ष पनि खुम्बु आईसफल क्षेत्रमा रहेको ठूलो अस्थिर आइस सेराकका करण बाटो निमार्णमा कठिनाई भएको थियो ।

आईसफल डक्टर्स र शेर्पाहरुको टोलिले अप्रिल २७ तारिखमा आधार शिविरदेखि क्याम्प १ सम्मको चुनौतीपूर्णबाटोको काम सम्पन्न गरेका थिए ।

Published Date: 30 April 2026


ताजा
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
बिहिबार सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु