मनोहरा नदीको धार परिवर्तनले ११५ रोपनी जग्गा सरेको, मिलान प्रक्रिया अघि बढ्दै

मनोहरा नदीको धार परिवर्तनले ११५ रोपनी जग्गा सरेको, मिलान प्रक्रिया अघि बढ्दै : Icon Khabar

काठमाडौं, वैशाख १७ । मनोहरा नदीले आफ्नो प्राकृतिक बहाव परिवर्तन गर्दा करिब ११५ रोपनी जग्गा एक जिल्लाबाट अर्को जिल्लातर्फ सरेको पाइएको छ। यस विषयमा प्राविधिक तथा प्रशासनिक परामर्शका आधारमा मिलान प्रक्रिया अघि बढाइने कार्यवाहक प्रमुख डंगोलले बताएका छन्।

महानगरपालिकाले नदी किनाराका अव्यवस्थित बस्ती हटाइसकेपछि अहिले भूमिहीनहरूको व्यवस्थापन र नदी आसपासको जग्गा संरक्षणमा केन्द्रित भएको जनाएको छ। स्वीकृत डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) अनुसार नदी २०२१ सालको नापी नक्साअनुसारकै सीमामा हुनुपर्ने भए पनि प्राकृतिक वहावका कारण नदी पश्चिमतर्फ सरेको देखिएको छ।

यस परिवर्तनका कारण काठमाडौंतर्फ पर्ने करिब १०० रोपनी जमिन भक्तपुरतर्फ सरेको छ भने भक्तपुरतर्फको करिब १५ रोपनी जमिन काठमाडौंतर्फ सरेको तथ्य सार्वजनिक भएको छ। यसले दुवै जिल्लाका स्थानीय बासिन्दामा जग्गा स्वामित्वसम्बन्धी अन्योल सिर्जना गरेको छ।

कार्यवाहक प्रमुख डंगोलका अनुसार यस समस्याको समाधानका लागि प्राविधिक अध्ययन, पुराना नापी अभिलेख तथा प्रशासनिक समन्वयका आधारमा जग्गा मिलान गरिनेछ। साथै, नदीको दायरा स्पष्ट गरी भविष्यमा यस्ता समस्या दोहोरिन नदिने योजना समेत अघि बढाइने बताइएको छ।

महानगरपालिकाले भूमिहीनहरूको उचित व्यवस्थापन र नदी किनार क्षेत्रको दीर्घकालीन संरक्षणलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ।

Published Date: 30 April 2026






ताजा
समूह जेः अल्जेरियाविरुद्धको खेल मेसीका लागि विशेष,
२४ वर्षअघिको तीतो सम्झना ताजैः सेनेगलसँग खेल्दै फ्रान्स
‘खुट्टा भाँच्ने’ भौतिक पूर्वाधार मन्त्रीको अभिव्यक्तिमा ज्ञानेन्द्र शाही बोले : आशय कारबाहीको, हिंसाको होइन
फिफा विश्वकप १९९४ र २०२६ का फरकः अझ ठूलो, अझ महँगो र अझ विश्वव्यापी


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न