बिहिबार नेप्से परिसूचक ५.७३ अंकले घट्यो

बिहिबार नेप्से परिसूचक ५.७३ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, वैशाख १७ । सेयरबजार परिसूचक नेप्सेमा आज पनि गिरावट आएको छ । आज नेप्से ५.७३ अंकले घटेर २ हजार ७३८.७२ विन्दुमा कायम भएको हो ।

आज सेयरबजारमा ३४६ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये ९८ कम्पनीका सेयरमूल्य बढेका छन् भने १६१ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ ।

आज कुल १ करोड ९ लाख ७७ हजार ७८३ कित्ता सेयर ४ अर्ब ९१ करोड ६६ लाख २७ हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम बुधबारको तुलनामा १.३९ प्रतिशतले कमी हो । आज सेयरबजारमा सूचीकृत समूहमध्ये वाणिज्य बैंक र उत्पादनशील तथा प्रशोधन समूहका परिसूचक मात्रै सकारात्मक रहेका छन् ।

अरु बाँकी सबै समूहका परिसूचक ओरालो लागेका छन् । सबैभन्दा धेरै अन्य समूहको परिसूचक ०.९७ प्रतिशतले घटेको छ । श्रीनगर एग्रिटेक इन्ड्रष्टिज, शिखर पावर डेभलपमेन्ट लिमिटेड तथा एसियन हाइड्रो पावर लिमिटेडका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् ।

सबैभन्दा बढी गुमाउनेका भने कर्पोरेट डेभलपमेन्ट बैंक, माइखोला हाइड्रोपावर लिमिटेड तथा नविल बैंकको डिवेञ्चरमा लगानीकर्ता रहेका छन् ।

Published Date: 30 April 2026


ताजा
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
बिहिबार सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु