किन घट्दै छ सुनको भाउ ?

किन घट्दै छ सुनको भाउ ? : Icon Khabar

काठमाडौँ, वैशाख १७ । स्थानीय बजारमा उतारचढावपूर्ण रहेको सुन तथा चाँदीको मूल्यमा बिहीबार पसिन गिरावट आएको छ । बुधबार प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य विहीबार प्रतितोला एक हजार ८०० रुपैयाँले घटेर २ लाख ९२ हजार ७०० रुपैयाँमा किनबेच भएको छ ।

विहीबार चाँदीको भाउमा पनि गिरावट आएको छ । बुधबार प्रतितोला ४ हजार ९१५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ विहीबार प्रतितोला १०५ रुपैयाँले घटेर ४ हजार ८१० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंश सुनको मूल्य ४ हजार ५६७ डलर तथा चाँदीको मूल्य ७२ डलर कायम भएको छ ।

Published Date: 30 April 2026


ताजा
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
बिहिबार सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु