काठमाडौंको नदी किनारमा रहेका अवैध बस्ती हटाउन शुक्रबारदेखि डोजर परिचालन गर्ने

काठमाडौंको नदी किनारमा रहेका अवैध बस्ती हटाउन शुक्रबारदेखि डोजर परिचालन गर्ने : Icon Khabar

काठमाडौँ, वैशाख १७ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले नदी किनारमा रहेका अवैध बस्ती हटाउन शुक्रबारदेखि डोजर परिचालन गर्ने निर्णय गरेको छ।

प्रशासनले जारी गरेको सूचनाअनुसार, काठमाडौं जिल्लाभित्रका विभिन्न पालिकामा नदी किनारमा सरकारी, सार्वजनिक तथा निजी जग्गा अतिक्रमण गरी बनाइएका बस्तीहरू हटाउने अभियान शुरु गर्न लागिएको हो।

यो अभियान वैशाख १८ गते बिहान ७ बजेदेखि जिल्लाभर एकैपटक सञ्चालन गरिने बताइएको छ।

सूचनामा जोखिमयुक्त क्षेत्रमा निर्माण भएका घरटहरा तत्काल खाली गर्न आग्रह गरिएको छ।

विशेषगरी बिरामी, अशक्त, वृद्धवृद्धा, गर्भवती, सुत्केरी महिला तथा बालबालिकालाई प्राथमिकताका साथ सुरक्षित स्थानमा सार्न अनुरोध गरिएको छ।

प्रशासनले वैशाख १७ गते साँझसम्म सबै घरटहरा पूर्ण रूपमा खाली गरिसक्न निर्देशन दिएको छ।

साथै, घरभित्र रहेका लत्ताकपडा, पशुचौपाया तथा अन्य सम्पत्ति सुरक्षित रूपमा बाहिर निकाल्न र आवश्यक परे सुरक्षाकर्मीको सहयोग लिन सकिने जनाएको छ।

उद्धार तथा स्थानान्तरणका क्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रहरीबाट आवश्यक सहयोग उपलब्ध गराइने पनि सूचनामा उल्लेख छ।

यसका साथै, वास्तविक भूमिहीन परिवारहरूको पहिचान गरी दीर्घकालीन समाधानका लागि सम्बन्धित सरकारी निकायमार्फत पहल गरिने तथा अस्थायी बसोबासको व्यवस्था गरिने बताइएको छ।

तर, झूटा विवरण पेश गरी भूमिहीनको दाबी गर्ने व्यक्तिहरूलाई कानूनी कारबाही गरिने चेतावनी पनि प्रशासनले दिएको छ।

Published Date: 30 April 2026






ताजा
समूह जेः अल्जेरियाविरुद्धको खेल मेसीका लागि विशेष,
२४ वर्षअघिको तीतो सम्झना ताजैः सेनेगलसँग खेल्दै फ्रान्स
‘खुट्टा भाँच्ने’ भौतिक पूर्वाधार मन्त्रीको अभिव्यक्तिमा ज्ञानेन्द्र शाही बोले : आशय कारबाहीको, हिंसाको होइन
फिफा विश्वकप १९९४ र २०२६ का फरकः अझ ठूलो, अझ महँगो र अझ विश्वव्यापी


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न