नेप्सेमा दोहोरो अंकको गिरावट

नेप्सेमा दोहोरो अंकको गिरावट : Icon Khabar

काठमाडौ, वैशाख १३ । तेस्रो कारोबार दिन बुधबार पनि सेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से २५.८१ अंकले घटेर २ हजार ७४४.४५ विन्दुमा कायम भएको छ । आज सेयरबजार ३५१ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये ३० कम्पनीका सेयरमूल्य बढेका छन् भने २३५ कम्पनीका सेयरमूल्यमा भने गिरावट आएको छ ।

आज सेयरबजारमा १ करोड २१ लाख ३४ हजार ३६० कित्ता सेयर ४ अर्ब ९८ करोड ६२ लाख ९४ हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम मंगलबारको तुलनामा २४ प्रतिशतले कमी हो । आज सेयरबजारमा सूचीकृत समूहमध्ये विकास बैंक, म्युचुअल फण्ड तथा व्यापार समूहको परिसूचक सकारात्मक रहेका छन् ।

यी बाहेक बाँकी समूहका परिसुचक भने ओरालो लागेका छन् । सबैभन्दा धेरै उत्पादनशील तथा प्रशोधन समूहको परिसूचक २.२४ प्रतिशतले घटेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल लाई समृद्धि लगानी योजना तथा भुजुङ हाइड्रोपावर लिमिटेडका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने केविएल डिवेञ्चर, शिखर पावर डेभलपमेन्ट लिमिटेड तथा पाल्पा सिमेन्ट इन्ड्रष्टिजका सेयरधनी रहेका छन् ।

Published Date: 29 April 2026


ताजा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
देशबासीका नाममा प्रधानमन्त्री बालेन शाहले गरेको सम्बोधन यस्तो छ
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु