अध्यादेशमार्फत सुधारको प्रयास, रास्वपाको सरकारलाई समर्थन

अध्यादेशमार्फत सुधारको प्रयास, रास्वपाको सरकारलाई समर्थन : Icon Khabar

काठमाडौं, वैशाख १६ । संसद् छल्दै अध्यादेश ल्याएको आरोपमा सरकारको चौतर्फी आलोचना भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने यस कदमलाई आवश्यक सुधारका रूपमा व्याख्या गरेको छ।

रास्वपाले विगतमा भएका अनावश्यक दलियकरण तथा गलत नियुक्तिहरू नसच्याएसम्म जनताले सरकारबाट अपेक्षा गरेको परिणाम प्राप्त हुन नसक्ने दाबी गरेको छ। पार्टीका अनुसार अहिलेको अध्यादेश त्यसै प्रकारका विकृतिहरू अन्त्य गर्ने उद्देश्यसहित ल्याइएको हो।

रास्वपाले जारी गरेको धारणा अनुसार, “पहिले अध्यादेश दल फुटाउन वा विपक्षीलाई थुन्न ल्याइने अभ्यास थियो। अहिलेको अभ्यास कसैलाई दुख दिन वा कसैलाई सुविधा दिन होइन, आवश्यक सुधारका लागि हो। यो कदम कानुनी दायराभित्र रहेर गरिएको अभ्यास हो।”

सरकारको कदमप्रति विपक्षी दलहरूले भने निरन्तर विरोध जनाइरहेका छन्। उनीहरूले संसद् प्रक्रियालाई कमजोर बनाउने गरी अध्यादेश ल्याइएको आरोप लगाएका छन्।

यद्यपि, रास्वपाको समर्थनसँगै अध्यादेशको औचित्य र प्रभावबारे राजनीतिक बहस अझ तीव्र हुने देखिएको छ।

Published Date: 29 April 2026








ताजा
अध्यादेशमार्फत सुधारको प्रयास, रास्वपाको सरकारलाई समर्थन
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जना पक्राउ
चितवन राष्ट्रिय निकुञ्जमा भएका अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम
राजस्व बुझाइसकेका सेवाग्राहीमध्ये १२ लाख स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, थप १७ लाख छाप्ने तयारी










ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा