दोस्रो भक्तपुर कप–२०७९ को क्वाटर फाइनलका सम्पूर्ण खेलहरू सम्पन्न, सेमिफाइनलका खेलहरू बिहिबार हुने

दोस्रो भक्तपुर कप–२०७९ को क्वाटर फाइनलका सम्पूर्ण खेलहरू सम्पन्न, सेमिफाइनलका खेलहरू बिहिबार हुने : Icon Khabar

भक्तपुर, फागुन १० । भक्तपुर युवा टीमको आयोजनामा भइरहेको दोस्रो भक्तपुर कप–२०७९ को क्वाटर फाइनलका सम्पूर्ण खेलहरू बुधबार सम्पन्न भएका छन् ।

क्वाटर फाइनल खेलको बुधबार भएको बनेपा ब्वाइज र द हेलिङ होम एफसीबीचको पहिलो खेलमा द हेलिङ होम एफसीले बनेपा ब्वाइजलाई ३–० गोलले पराजित गरी सेमिफाइनलको यात्रा तय गरेको छ । खेलबाट द हेलिङ होम एफसीका देवराज तामाङ उत्कृष्ट खेलाडी घोषित भए भने बनेपा ब्वाइजका सहिल केसी उदयीमान खेलाडी घोषित भए ।

Bhaktapur Football Club

त्यस्तै बुधबार नै सम्पन्न सीओबी युथ क्लब र गोदावरी युनाइटेडबीच भएको दोस्रो खेलमा गोदावरी युनाइटेटले सीओबी युथ क्लबलाई ३–१ गोलले पराजित गरी सेमिफाइनलको यात्रा तय गरेको छ । खेलबाट गोदावरी युनाइटेडका क्याप्टेन अरूण लामा उत्कृष्ट खेलाडी घोषित भए भने सीओबी युथ क्लबका मदन पौडेल उदयीमान खेलाडी घोषित भए ।

Bhaktapur Football Club

दोस्रो भक्तपुर कप–२०७९ का दुवै सेमिफाइनलका खेलहरू बिहिबार खेलाइनेछ । पहिलो खेल आयोजक भक्तपुर युवा टीमका विरूद्ध द हेलिङ होम एफसी विहान ९ः३० बजे र दोस्रो खेल केदारनाथ सुटर्सका विरूद्ध गोदावरी युनाइटेडबीच दिउँसाे १ः०० बजे हुने म्याच कमिसनर अनिल सुकुपायोले जानकारी दिए।

Published Date: 22 February 2023


















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक