दोस्रो भक्तपुर कप–२०७९ को क्वाटर फाइनलका सम्पूर्ण खेलहरू सम्पन्न, सेमिफाइनलका खेलहरू बिहिबार हुने

दोस्रो भक्तपुर कप–२०७९ को क्वाटर फाइनलका सम्पूर्ण खेलहरू सम्पन्न, सेमिफाइनलका खेलहरू बिहिबार हुने : Icon Khabar

भक्तपुर, फागुन १० । भक्तपुर युवा टीमको आयोजनामा भइरहेको दोस्रो भक्तपुर कप–२०७९ को क्वाटर फाइनलका सम्पूर्ण खेलहरू बुधबार सम्पन्न भएका छन् ।

क्वाटर फाइनल खेलको बुधबार भएको बनेपा ब्वाइज र द हेलिङ होम एफसीबीचको पहिलो खेलमा द हेलिङ होम एफसीले बनेपा ब्वाइजलाई ३–० गोलले पराजित गरी सेमिफाइनलको यात्रा तय गरेको छ । खेलबाट द हेलिङ होम एफसीका देवराज तामाङ उत्कृष्ट खेलाडी घोषित भए भने बनेपा ब्वाइजका सहिल केसी उदयीमान खेलाडी घोषित भए ।

Bhaktapur Football Club

त्यस्तै बुधबार नै सम्पन्न सीओबी युथ क्लब र गोदावरी युनाइटेडबीच भएको दोस्रो खेलमा गोदावरी युनाइटेटले सीओबी युथ क्लबलाई ३–१ गोलले पराजित गरी सेमिफाइनलको यात्रा तय गरेको छ । खेलबाट गोदावरी युनाइटेडका क्याप्टेन अरूण लामा उत्कृष्ट खेलाडी घोषित भए भने सीओबी युथ क्लबका मदन पौडेल उदयीमान खेलाडी घोषित भए ।

Bhaktapur Football Club

दोस्रो भक्तपुर कप–२०७९ का दुवै सेमिफाइनलका खेलहरू बिहिबार खेलाइनेछ । पहिलो खेल आयोजक भक्तपुर युवा टीमका विरूद्ध द हेलिङ होम एफसी विहान ९ः३० बजे र दोस्रो खेल केदारनाथ सुटर्सका विरूद्ध गोदावरी युनाइटेडबीच दिउँसाे १ः०० बजे हुने म्याच कमिसनर अनिल सुकुपायोले जानकारी दिए।

Published Date: 22 February 2023






ताजा
धरौटीले होइन, नियमनले बचाउँछ विद्यार्थी: शैक्षिक परामर्श व्यवसायीहरूको चेतावनी
शुक्रबार सुनको मूल्यमा गिरावट
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न