भक्तपुर जिल्ला बचतको आयोजनामा पल्र्स अनुगमन प्रणाली तालिम सम्पन्न

भक्तपुर जिल्ला बचतको आयोजनामा पल्र्स अनुगमन प्रणाली तालिम सम्पन्न : Icon Khabar

भक्तपुर, फागुन १० । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को वित्तीय सेवा प्रबद्र्धन उपसमितिको आयोजनामा पल्र्स अनुगमन प्रणाली तालिम सम्पन्न भएको छ। संघका कोषाध्यक्ष एंव उपसमितिका संयोजक कान्छा भक्त घजुले सहकारी संस्थाको वित्तीय स्वस्थता मापन गर्ने महत्वपूर्ण औजर पल्र्स भएकोले यसको प्रयोगले संस्था वित्तीय दृर्घट्ना हुनबाट बच्ने विचार राखे ।

हाल बचत तथा ऋण सहकारी संस्थामा समस्या देखिनुको कारण पल्र्स अनुमन प्रणाली अबलम्बन नगर्दा संस्थामा वित्तीय संकट चुलिदै गएको बताए । वित्तीय अनुशासन कायम गर्न बचत तथा ऋण सहकारी संस्थाले अनिवार्य पल्र्स अनुगमन प्रणालीलाई अवलम्बन गर्नुपर्नेमा जोड दिए ।

संघका व्यवस्थापक एंव तालिमका सहजकर्ता बालकृष्ण धोजुले बचत तथा ऋण सहकारी संस्थाले अनिवार्य अवलम्न गर्नुपर्ने पल्र्स अनुगमन प्रणाली संस्थाका संचालक, लेखा, कर्मचारी र सदस्यले समेत थाहा पाउनुपर्ने विषय रहेको बताए ।

यसले कुन सहकारी राम्रो छ भनी पहिचान गर्न सकिने भएकोले सदस्यले आफ्नो बचतको सुरक्षाको लागि पनि पल्र्स अनुगमन प्रणालीबारे थाहा पाउन जरुरी रहेको बताए ।

उपसमितिका सदस्य राजकुमार लघुले तालिम समापन कार्यक्रममा धन्यवाद मन्तव्य राख्दै सिकेका कुरा संस्थामा व्यवहारिक प्रयोग गर्नुपर्ने बताए । पल्र्स अनुगमन प्रणालीबाट संस्थाको नियमित अनुगमनले समस्या देखिएको क्षेत्रमा तुरुन्त समाधान गरे मात्र पल्र्स अनुगमन प्रणालीको अबलम्बनले सार्थकता पाउने बताए ।

संघमा आबद्ध संस्थाहरुमध्ये १४ जनाको सहभागिता रहेको सो तालिममा सहभागीले संस्था संचालनका लागि पल्र्स अनुगमन तालिम अति आवश्यक रहेको बताउदै तालिमबाट संस्थाको सदस्य सुरक्षा, प्रभावकारी वित्तीय संरचना, सम्पत्ती गुणस्तर, लागत र प्रतिफल, तरलता, बृद्धि विकास लगायतका उपयोगी बिषयमा सिक्न पाएकोमा खुशी व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
Published Date: 22 February 2023
Website | + posts