अविरल हाईड्रोपावरले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने

अविरल हाईड्रोपावरले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने : Icon Khabar

काठमाडौँ, वैशाख १४ । अविरल हाईड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ । वैशाख १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी जेठ १६ गते प्रथम वार्षिक साधारण सभा डाकेको हो ।

उक्त सभा झापामा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने सम्बन्धी प्रस्तावमाथि छलफल गर्ने र सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न तथा प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै आईपीओबाट प्राप्त रकमको उपयोगका बारेमा निर्णय समेत गरिनेछ ।

सभामा गत आवको वार्षिक प्रतिवेदन तथा सम्पूर्ण वित्तीय विवरणहरुमाथि छलफल गरिन पारित गरिनुका साथै सञ्चालक समितिको गठन तथा अनुमोदन गरिनेछ ।

Published Date: 27 April 2026


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु