ग्यास्ट्रिक बढाउने मुक्य कारण के के हुन् ?

ग्यास्ट्रिक बढाउने मुक्य कारण के के हुन् ? : Icon Khabar

काठमाडौँ, वैशाख १३ । पछिल्लो समय स्वास्थ्यभन्दा स्वादलाई प्राथमिकता दिने बानीका कारण ग्यास्ट्रिकको समस्या एउटा जटिल चुनौतीका रूपमा देखा परेको छ। चिकित्सकहरूका अनुसार अत्यधिक मात्रामा तयारी खानेकुराको प्रयोगले यो समस्यालाई झन् बढावा दिइरहेको छ।

पेट तथा कलेजो रोग विशेषज्ञ डा. विधाननिधि पौडेलका अनुसार चिया, कफी, चुरोट, सुर्तीजन्य पदार्थ, र चिल्लो–तारेको खानेकुराको अत्यधिक प्रयोग नै ग्यास्ट्रिक बढ्नुको मुख्य कारण हो। लामो समय खाली पेट बस्नु, मैदाजन्य परिकार, रक्सी, अमिलो फलफूल र एउटै तेलमा बारम्बार पकाइएको खानाले पेटमा एसिडको मात्रा बढाएर ग्यास्ट्रिकलाई झन् बिगार्ने गर्दछ।

ग्यास्ट्रिक बढाउने ७ मुख्य खानेकुराहरू:
१. चिल्लो र तारिएका खानेकुरा: धेरै तेलमा तारिएका समोसा, पकौडा र एउटै तेल बारम्बार प्रयोग गरी पकाइएका खानेकुराले ग्यास्ट्रिकको जोखिम बढाउँछन्।

२. अमिलो र साइट्रस फलफूल: कागती, सुन्तला, निबुवा र भोगटे जस्ता अमिलो फलफूलका साथै टमाटरले पनि पेटमा एसिड बढाएर समस्या निम्त्याउन सक्छ।

३. मसलेदार र पिरो खाना: धेरै खुर्सानी, गरम मसला र कडा खालका मसलाको प्रयोगले पेटको भित्री भाग सुन्निने र पोल्ने गर्दछ।

४. जंक फुड र प्याकेट फुड: चाउचाउ, बिस्कुट र अन्य तयारी खानेकुरामा प्रयोग गरिने ‘प्रिजर्भेटिभ’ र रसायनले पाचन प्रक्रियामा गम्भीर असर पुर्‍याउँछन्।

५. मैदाजन्य परिकार: मैदाबाट बनेका खानेकुरा पचाउन गाह्रो हुने भएकाले यसले पेट फुल्ने र ग्यास्ट्रिक बढाउने गर्दछ।

६. दूधको चिया र कफी: चियापत्ति धेरै हालेर उमालिएको कडा चियामा हुने निकोटिन र कफीमा हुने क्याफिनले ग्यास्ट्रिकलाई थप बल्झाउँछ।

७. धुम्रपान र मद्यपान: चुरोट र रक्सीको सेवनले पेटको झिल्लीलाई कमजोर बनाउँछ, जसले गर्दा ग्यास्ट्रिक पछि अल्सरमा परिणत हुने जोखिम रहन्छ।

ग्यास्ट्रिकबाट जोगिने ७ उपायहरू:
समयमै खाना: हरेक दिन निश्चित समयमा खाना खाने गर्नुहोस्। लामो समयसम्म खाली पेट नबस्नुहोस्।

स्वस्थ आहार: हरियो सागसब्जी, सलाद, र ताजा फलफूललाई आफ्नो नियमित भोजनमा समावेश गर्नुहोस्।

बार्नुपर्ने खानेकुरा: धेरै पिरो, चिल्लो, तारेको, भुटेको, र प्रशोधित जंक फुडबाट टाढै रहनुहोस्।

पानीको मात्रा: शरीरलाई हाइड्रेटेड राख्न दैनिक पर्याप्त र सम्भव भए प्रतिघन्टा एक गिलास पानी पिउने बानी बसाल्नुहोस्।

नियमित व्यायाम: बिहान मर्निङ वाक, योग, वा अन्य शारीरिक व्यायामका लागि समय निकाल्नुहोस्।

तनाव व्यवस्थापन: मानसिक तनावले पनि पाचनमा असर गर्ने भएकाले तनाव कम लिनुहोस् र पर्याप्त सुत्नुहोस्।

खाना खाने तरिका: खाना सधैँ राम्ररी चपाएर खानुहोस् र खाना खाइसकेपछि तुरुन्तै नसुती केही बेर हिँडडुल गर्नुहोस्।

Published Date: 26 April 2026
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय