भारतमा स्विस एयरको जहाजमा आगलागी हुँदा ६ जना घाइते

भारतमा स्विस एयरको जहाजमा आगलागी हुँदा ६ जना घाइते : Icon Khabar

काठमाडौँ, वैशाख १३ । भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्विस एयरको जहाजमा आगलागी हुँदा ६ जना घाइते भएका छन्।

विमानस्थलबाट उडान भर्न लागेको बेला जहाजको इन्जिनमा आगलागी भएको भारतीय मिडियाले समाचार लेखेका छन्। दिल्लीबाट स्विटजरल्यान्डको जुरिचका लागि प्रस्थान गर्न लागेको विमान धावनमार्गमा गुडिरहेको अवस्थामा इन्जिनमा अचानक आगो देखिएको थियो।

आगलागीको संकेत पाएलगत्तै चालक दलले सावधानी अपनाउँदै विमानलाई रोकेर यात्रुहरूलाई बाहिर निकालेका थिए। विमानमा २३२ जना सवार थिए। घटनामा सामान्य चोटपटक लागेका ६ जनालाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ।

Published Date: 26 April 2026
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय