बाढीले बिपी राजमार्ग अवरूद्ध भएपछि आज बिहानदेखि मर्मत कार्य सुरू

बाढीले बिपी राजमार्ग अवरूद्ध भएपछि आज बिहानदेखि मर्मत कार्य सुरू : Icon Khabar
फाइल तस्बिर

काठमाडौँ, वैशाख १३ । बाढीले बिपी राजमार्ग अवरूद्ध छ। बाढीले सडक बिगारेपछि आज बिहानदेखि मर्मत कार्य सुरू गरिएको छ। आज थप पानी नपरे दिउँसो १:३० बजेबाट सडक खुल्नेछ।

मंगलटारमा अलपत्र रहेका यात्रुहरूलाई वैकल्पिक सडकबाट गन्तव्यमा पठाइएको छ। महिला, बालबालिका र विदेश जाने टिकट भएका यात्रुलाई भकुन्डेबाट तेमालतर्फको बाटो हुँदै पठाइएको काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए।

१६ वटा गाडीबाट यात्रुहरूको उद्धार गरिएको उनले बताए। यात्रुहरूको उद्धारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा टोली खटिएको छ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख पनि सवारी व्यवस्थापनमा भकुण्डेमा रहेको खटिएका छन्। अलपत्र यात्रुलाई अत्यावश्यक सेवा उपलब्ध गराउन गाउँपालिका अध्यक्षहरूसँग समन्वय गरिएको उनले बताए।

पूर्वबाट काठमाडौँ आउन चाहने सवारी साधनहरूलाई बिपी राजमार्ग भएर नजान अन्य वैकल्पिक मार्ग प्रयोग गर्न आवश्यक सूचनाका लागि सिन्धुलीका प्रमुख जिल्ला अधिकारीलाई खबर गरिएको उनले बताए।

Published Date: 26 April 2026
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय