आइतबार सुनको भाउ प्रतितोला २ हजार ७ सय रुपैयाँले बढ्यो

आइतबार सुनको भाउ प्रतितोला २ हजार ७ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, वैशाख १३ । स्थानिय बजारमा सुनको मूल्य घट्ने क्रम रोकिएको छ । आइतबारको कारोबारमा सुनको मूल्य वृद्धि भएसँगै पछिल्लो केही दिनदेखिको गिरावट थामिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ हजार ७ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै बहुमूल्य पँहेलो धातु सुनको मूल्य आज प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार भने एक तोला सुनको भाउ २ लाख ९६ हजार ५ सय रुपैयाँ कायम थियो ।

यस्तै आज १० ग्राम सुनको मूल्य २ लाख ५६ हजार ५१५ रुपैयाँ पुगेको छ ।

यसैगरी आज चाँदी पनि बढेको छ । चाँदीको भाउ आज ५० रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ९९५ रुपैयाँ कायम भएको छ ।

Published Date: 26 April 2026
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय