नेशनल लाइफ इन्स्योरेन्स ३६औ वर्षमा प्रवेश, हालसम्म २९ अर्ब ६० करोड बराबरको दाबी भुक्तानी

नेशनल लाइफ इन्स्योरेन्स ३६औ वर्षमा प्रवेश, हालसम्म २९ अर्ब ६० करोड बराबरको दाबी भुक्तानी : Icon Khabar

काठमाडौं, फागुन १० । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी ३६ औ वर्षमा प्रवेश गरेको छ । कम्पनीले आज भन्दा ३६ वर्ष अगाडी अर्थात २०४४ फागुन १० गतेदेखि बीमा व्यवसाय शुभारम्भ गरेको थियो । सुरुमा जीवन र निर्जीवन दुबै प्रकृतिको व्यवसाय गरेको नेशनल लाइफले २०६१ सालदेखि जीवन बीमा व्यवसाय मात्रै गर्दै आइरहेको छ ।

कम्पनीले स्थापनाकालदेखि २०७९ पुस मसान्तसम्ममा कुल ८५ अर्ब एक करोड रुपैयाँ बीमा शुल्क आर्जन गरिसकेको छ । यस अवधिमा कम्पनीले ३८ लाख ६० हजार बीमा लेखा जारी रहेको छ । कम्पनीले हालसम्म २९ अर्ब ६० करोड बराबरको दाबी भुक्तानी गरिसकेको छ ।

कम्पनीमा नेपाली संस्थापकको ४५.४३ प्रतिशत लगानी रहेको छ भने विदेशी लगानीकर्ताको १.११ प्रतिशत लगानी छ । विदेशी लगानीकर्ताले १० प्रतिशतको लगानीलाई १.११ प्रतिशतमा झारेको हो । राष्ट्रिय बाणिज्य बैंकको पनि ८.४६ प्रतिशत शेयर हिस्सा रहेको छ । सर्वसाधारण समुहको शेयर हिस्सा ४५ प्रतिशत छ ।

वार्षिकोत्सवको अवसरमा कम्पनीले केन्द्रिय कार्यालय सहित सम्पुर्ण प्रादेशिक कार्यालय तथा शाखा कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । आजै देशभरका बालवालिका तथा वृद्धाश्रममा खाना खुवाउने कार्यक्रम गरिरहेको छ । कम्पनीका २७ वटा शाखा कार्यालयले यस्तो कार्यक्रम गरिरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले जानकारी दिए ।

यहि अवसरमा कम्पनीले विभिन्न खेलकुद कार्यक्रम आयोजना गरेको थियो । खेलकुदमा विजेता कर्मचारीहरुलाई यहि शुक्रवार पुरस्कार वितरण कार्यक्रम आयोजना गर्दैछ ।

कम्पनीले सञ्चालनको ३६ औ वार्षिकोत्सवको सुखद अवसरमा कम्पनीप्रति विश्वासका साथ सहकार्य गर्ने सम्पुर्ण ग्राहकवर्ग, कर्मचारी, अभिकर्ता एवं शुभेच्छुकहरु प्रति आभार व्यक्त गरेको छ । साथै नियामक निकाय लगायत अन्य सम्बन्धित संस्थाहरुबाट प्राप्त मार्गदर्शन र सहयोगको लागि कृतज्ञता व्यक्त गरेको छ ।

जीवन बीमा क्षेत्रमा आफ्नो छुट्टै ब्राण्ड बनाउन सफल नेशनल लाइफले अहिलेसम्मको छापलाई निरन्तरता दिदै अझै प्रविधिमैत्री बनाउदै लैजाने योजना बनाएको प्रमुख कार्यकारी अधिकृत खत्रीले बताए । जसरी पनि बीमितलाई उत्कृष्ठ सेवा सुविधा दिने कम्पनीको कार्ययोजना रहेको उनले जानकारि दिए ।

समग्र जीवन जीवन बीमा क्षेत्रमा मन्दी आउदा नेशनल लाइफले जीवन बीमा व्यवसायमा उल्लेख्य प्रगति गरिरहेको छ । फ्युचर बोनस प्रोभिजनिङका कारण अन्य कम्पनीको बोनसदरमा लगातार गिरावट आउदा नेशनल लाइफको भने बढिरहेको छ । कम्पनीले सार्वजनिक गरेको पछिल्लो बोनसदर अनुसार न्युनतम प्रतिहजार ६३ रुपैयाँदेखि अधिकतम प्रतिहजार ८५ रुपैयाँसम्म प्रदान गरेको छ ।

कम्पनीले मर्जर तथा हकप्रद शेयर निष्काशन नगरी प्राधिकरणले निर्धारण गरेको न्युनतम चुक्ता पूँजी जुटाउने अन्तिम प्रयासमा छ । हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश दिन बाँकी भएकाले सजिलै ५ अर्ब पुर्याउन सक्ने देखिन्छ । यस सँगै कम्पनी मर्जर नगरी आफैमा बलियो कम्पनीको रुपमा स्थापित भएको छ ।

कम्पनीको जीवन बीमा कोषमा ५६ अर्ब १५ करोड रुपैयाँ जम्मा भइसकेको छ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीले ७ अर्ब ५३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले शेयरधनी तथा बीमित दुबैलाई उल्लेख्य प्रतिफल दिदै आएको छ । कम्पनीले शेयरधनीलाई हरेक वर्ष आकर्षक लाभांश दिदै आएको छ । विगत एक दशकको अवधिमा कम्पनीले वितरण गरेको लाभांश हेर्ने हो भने अधिकतम ७२.५ प्रतिशतसम्म लाभांश दिएको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले आकर्षक बोनस र अधिकतम प्रतिफलको प्रतिवद्धता व्यक्त गरेको छ ।

Published Date: 22 February 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २९ गते आइतबार
सूर्योदय सेकेन्डरी स्कुलको ४५औँ वार्षिकोत्सव सम्पन्न, “सूर्योदय रत्न सम्मान” किरण सुवाललाई प्रदान
विश्व प्रसिद्व भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न






ट्रेन्डिङ
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा