ग्यास लिक भएको कोठामा किन चलाउनुहुन्न विद्युतीय उपकरण ?

ग्यास लिक भएको कोठामा किन चलाउनुहुन्न विद्युतीय उपकरण ? : Icon Khabar

काठमाडौं, फागुन १० । खाना पकाउन प्रयोग हुने लिक्विफाइड पेट्रोलियम (एलपी) ग्यास पड्किएका घटना बढ्न थालेका छन् । ग्यास लिक भएपछि सावधानी नअपनाउँदा आगलागी हुन्छ, जसले गर्दा जिउधनकाे क्षति हुनसक्छ ।

ग्यास लिक भएको कोठामा किन चलाउनुहुन्न विद्युतीय उपकरण ?

नेसनल ग्यास ग्रिडका अनुसार ग्यास लिक हुँदा कोठामा विद्युतीय उपकरण वा सामग्री, लाइटको स्विच अन/अफ गर्ने वा क्यान्डल लाइट बाल्न हुँदैन । यदि ग्यास लिक भएको कोठामा विद्युतीय उपकरण प्रयोग गरियो वा विद्युतको लाइट अन/अफ गर्‍याे भने आगो लाग्ने सम्भावना बढी हुन्छ । यसकारण हतार हतार स्वीच अन गर्ने वा स्वीच अन भइरहेकाे अवस्थामा स्वीच अफ गर्ने कामले प्रतिकूल घटना सिर्जना गर्नसक्छ ।

संयुक्त राज्य अमेरिकाको उपभोक्ता उत्पादन सुरक्षा आयोग (सीपीएससी)ले पनि एलपी ग्यास लिक हुँदा विद्युतीय उपकरण प्रयोग गर्नु वा लाइट अन/अफ गर्नु जोखिमयुक्त हुने गरेको उल्लेख गरेको छ ।

एलपी ग्यास अति नै ज्वलनशील पदार्थ हो । कोठामा एलपी ग्यास लिक भएको छ र विद्युतीय उपकरण अन/अफ गरियो भने त्यस्तो बेला करेन्ट प्रवाह अवरुद्ध हुन्छ । यस्तोमा बिजुलीको झिल्का बाहिर आउँछ । र, उक्त बिजुलीको झिल्काले ग्याससँग रासायनिक प्रतिक्रिया गर्छ, जसले गर्दा कोठामा आगो लाग्छ ।

त्यस्तै ग्यास लिक भएको कोठामा लाइट बाल्दा पनि दुई ओटा जोखिम हुन्छ । एउटा लाइट अन वा अफ गर्दा एक्कासी बढी भोल्टेज प्रवाह हुँदा बिजुलीको झिल्का निस्किन्छ । त्यसले ग्याससँग रासायनिक प्रतिक्रिया गर्दा आगो लाग्न सक्छ ।

अर्को भनेको बल्ब तातियो भने त्यसबाट पनि झिल्का निस्किन्छ । उक्त झिल्काले ग्याससँग रासायनिक प्रतिक्रिया गर्दा आगो लाग्ने सम्भावना धेरै रहन्छ । त्यसैले कोठामा ग्यास लिक भएको छ भने विद्युतीय उपकरण अन/अफ नगर्न विज्ञहरूको सुझाव छ ।

त्यसबाहेक पनि कोठामा एलपी ग्यास लिक भएको छ भने त्यसले विद्युतीय उपकरणलाई बिगार्न सक्ने विभिन्न अनुसन्धानले दाबी गरेका छन् ।

विशेषगरी विद्युतीय उपकरणमा हुने धातु र एलपी ग्यासबीच हुने रासायनिक प्रतिक्रियाका कारण उक्त धातुमा खिया लाग्ने वा बिग्रिने समस्या हुन्छ । त्यसैले समय-समयमा विद्युतीय उपकरण, एलपीजी सिलिन्डर जाँच गरिरहनु पर्छ । एलपी ग्यास लिक हुँदा दुर्घटना हुने कुरा कोठाको वातावरणले पनि निर्धारण गर्छ ।

Published Date: 22 February 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २९ गते आइतबार
सूर्योदय सेकेन्डरी स्कुलको ४५औँ वार्षिकोत्सव सम्पन्न, “सूर्योदय रत्न सम्मान” किरण सुवाललाई प्रदान
विश्व प्रसिद्व भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न






ट्रेन्डिङ
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा