पाँच दिनपछि नेप्से परिसूचक ३३.५७ अंकले बढ्यो

पाँच दिनपछि नेप्से परिसूचक ३३.५७ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, फागुन १० । निरन्तर पाँच कारोबार दिन ओरालो लागेको नेप्से बुधबार ३३.५७ अंक बढेर २०८०.३८ विन्दुमा पुगेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ४.८० अंक बढेको छ भने फ्लोट इण्डेक्स २.३४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४६ अंक बढेको छ।

बुधबार २६९ स्टकको ३९ हजार ९९६ पटकको कारोबारमा १ अर्ब ८० करोड ३२ लाख ८२ हजार रुपैयाँ बराबरको ४७ लाख ७९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। ३ स्टकको शेयर ९ प्रतिशतभन्दा बढी बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 February 2023
Website | + posts