काठमाडौं, वैशाख ३ । सोपान फर्मास्युटिकल्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन सुरु गरेको छ। सार्वजनिक बिदाका कारण एक दिन ढिला हुँदै निष्कासन आजबाट औपचारिक रूपमा खुलाइएको हो।
कम्पनीले जारी पूँजीको २५ प्रतिशत बराबर ४२ लाख ९० हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएकोमा, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको हिस्सा बाँडफाँट भइसकेको छ। अब सर्वसाधारणका लागि ३४ लाख ७४ हजार ९०० कित्ता सेयर खुला गरिएको छ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ११ हजार कित्तासम्म वैशाख ८ गतेसम्म (ढिलोमा वैशाख १७ सम्म) आवेदन दिन सक्नेछन्।
ललितपुरस्थित कम्पनीले २०७८ देखि औषधि उत्पादन गर्दै आएको छ र १३९ प्रकारका औषधिको अनुमति पाइसकेको छ। उठेको रकम ऋण भुक्तानी, विस्तार र कार्यशील पूँजीमा प्रयोग गरिनेछ।
कम्पनीको वित्तीय अवस्था मध्यम देखिएको छ भने नेटवर्थ ९२.१५ रुपैयाँ रहेकोले पहिलो कारोबार मूल्य करिब ९२.१५ देखि २७६.४५ रुपैयाँसम्म रहने अनुमान छ।
Published Date: 16 April 2026