भोलि आयोजना हुने चोछें छुमा गणेश जात्राको तयारीस्वरूप आज सरसफाई कार्यक्रम सम्पन्न

भोलि आयोजना हुने चोछें छुमा गणेश जात्राको तयारीस्वरूप आज सरसफाई कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, वैशाख ३ । भक्तपुर नगरपालिका वडा नं. ६ स्थित चोछेंमा भोलि हुने छुमा गणेश जात्रालाई लक्षित गर्दै आज बिहान चोछें क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रम स्थानीय टोलबासीको सक्रिय सहभागितामा सञ्चालन गरिएको थियो।

कार्यक्रममा वडा नं. ६ का वडाअध्यक्ष डा. हरिराम सुवाल, नगर कार्यपालिका सदस्य रोशन मैया सुवाल, वडा सदस्य गोविन्द दुवाल लगायतका जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। साथै स्थानीय दाजुभाइ तथा दिदीबहिनीहरूको सहभागिताले चोछें टोल सफा गरिएको हो।

छुमा गणेशको जात्रा भोलि वैशाख ४ गते अपरान्हदेखि सुरु हुनेछ।

Published Date: 16 April 2026


ताजा
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
बिहिबार सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु