रातो बजारसँगै २०८२ लाई विदाई: नेप्से ४.१८ अंकले घट्यो

रातो बजारसँगै २०८२ लाई विदाई: नेप्से ४.१८ अंकले घट्यो : Icon Khabar

काठमाडौं, चैत ३० । सेयर बजारले रातो संकेतका बीच आर्थिक वर्ष २०८२ लाई विदाई गरेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.१८ अंकले घटेर २ हजार ८३३.६० विन्दुमा झरेको छ।

आज कुल ३४२ कम्पनीका सेयर कारोबार भएका छन्। तीमध्ये १०५ कम्पनीका सेयरमूल्यमा वृद्धि भएको छ भने १५३ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ।

कारोबार रकमका हिसाबले आज २ करोड १ लाख ६३ हजार ७९३ कित्ता सेयर किनबेच हुँदा कुल ८ अर्ब ६६ करोड ५५ लाख ६९ हजार रुपैयाँको कारोबार भएको छ।

समूहगत परिसूचकतर्फ हेर्दा होटेल तथा पर्यटन, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र निर्जीबन बीमा समूह सकारात्मक देखिएका छन्। भने वाणिज्य बैंक, विकास बैंक, वित्त, जीवन बीमा, लघुवित्त, व्यापार तथा अन्य समूहका परिसूचक ओरालो लागेका छन्।

आज सबैभन्दा बढी नाफा कमाउनेमा सुपर खुदी हाइड्रोपावर लिमिटेड, सूर्यकुण्ड हाइड्र इलेक्ट्रिक लिमिटेड र होटेल फरेष्ट इन लिमिटेडका सेयरधनी रहेका छन्। त्यसैगरी, सबैभन्दा बढी गुमाउनेमा युनिक नेपाल लघुवित्त वित्तीय संस्था, अभियान लघुवित्त वित्तीय संस्था र सान्भी इनर्जी लिमिटेडका लगानीकर्ता परेका छन्।

Published Date: 13 April 2026






ताजा
प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण
आज सोमबारको राशिफल
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?
१५० बाँसुरीवादक र १५० कलाकारको सामूहिक नृत्यले गुञ्जियो भक्तपुर दरबार क्षेत्र


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड