मिनर्वा इङ्गलिस स्कुलमा प्रि–प्राइमरी तहका ७८ विद्यार्थीको दीक्षान्त समारोह सम्पन्न

मिनर्वा इङ्गलिस स्कुलमा प्रि–प्राइमरी तहका ७८ विद्यार्थीको दीक्षान्त समारोह सम्पन्न : Icon Khabar

भक्तपुर, चैत २८ ।  मिनर्वा इङ्गलिस स्कुलमा प्रि–प्राइमरी तहका ७८ जना विद्यार्थीहरूको दीक्षान्त समारोह सम्पन्न भएको छ। प्रारम्भिक शैक्षिक यात्राको उपलब्धिलाई स्मरणीय बनाउने उद्देश्यले आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

समारोहमा साना विद्यार्थीहरू ग्राजुएसन गाउन र क्यापमा सजिएर प्रमाणपत्र ग्रहण गरेका थिए। यस क्रममा अभिभावकहरूमा खुशी र गर्वको अनुभूति देखिएको थियो। कार्यक्रममा विद्यार्थीहरूले नृत्य तथा विभिन्न सिर्जनात्मक प्रस्तुति प्रस्तुत गर्दै आफ्नो प्रतिभा र आत्मविश्वास प्रदर्शन गरेका थिए।

कार्यक्रममा प्रारम्भिक शिक्षाले बालबालिकाको व्यवहार, अनुशासन र सामाजिक सीप विकासमा महत्वपूर्ण भूमिका खेल्ने विषयमा चर्चा गरिएको थियो। साथै, बालबालिकाको समग्र विकासका लागि घर र विद्यालयबीच सहकार्य आवश्यक रहेको धारणा प्रस्तुत गरिएको थियो।

विद्यालयका प्रिन्सिपल राजेन्द्र दुवालले प्रारम्भिक शिक्षा बालबालिकाको जीवनको आधार भएको उल्लेख गर्दै विद्यालयले शैक्षिक ज्ञानसँगै नैतिकता, सृजनशीलता र आत्मविश्वास विकासमा जोड दिँदै आएको बताएका थिए। कार्यक्रममा पाँच वर्ष सेवा पूरा गरेका शिक्षकहरूलाई सम्मान तथा प्रशंसापत्र प्रदान गरिएको थियो।

कार्यक्रमको अन्त्य सामूहिक तस्बिर तथा शुभकामना आदान–प्रदानसहित गरिएको थियो।

Published Date: 11 April 2026




ताजा
बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर
राजस्थानको शानदार जित, हैदरावादलाई हराउँदै दोस्रो क्वालिफायरमा प्रवेश
देशभर हर्षोल्लासका साथ बकर इद मनाइँदै,लगातार चार दिन सार्वजनिक विदा
कोशी, बागमती र गण्डकी सहित धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरी र गर्मी




ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
जेसीज् सेकेन्डरी स्कुल : गुणस्तरीय शिक्षा र समग्र विकासको उत्कृष्ट गन्तव्य
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र