बिस्का जात्रा तथा नयाँ वर्ष २०८३: तमारीमा शुभकामना सभा सम्पन्न

बिस्का जात्रा तथा नयाँ वर्ष २०८३: तमारीमा शुभकामना सभा सम्पन्न : Icon Khabar

भक्तपुर, चैत २७ । भक्तपुरको तमारीमा प्रसिद्ध बिस्का जात्रा तथा नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना सभा सम्पन्न भएको छ। कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिस्का जात्रा ८ रात ९ दिनसम्म चल्ने साझा पर्व भएको उल्लेख गर्दै सभ्य, भव्य र सुरक्षित रूपमा मनाउन सबैलाई आग्रह गरे। उनले भक्तपुरको सम्पदा र जात्राले अन्तर्राष्ट्रिय ध्यान आकर्षित गरिरहेको पनि बताए।

उपप्रमुख रजनी जोशीले बिस्का जात्रालाई सबैको साझा सम्पत्ति भएको उल्लेख गर्दै यसको संरक्षण गर्नु सबैको दायित्व भएको बताउनुभयो। प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जात्रालाई शान्तिपूर्ण रूपमा मनाउन, अनुशासन पालना गर्न र धार्मिक आस्थाको सम्मान गर्न आग्रह गर्दै सुरक्षाका लागि आवश्यक तयारी गरिएको जानकारी दिए।

कार्यक्रममा गुठी संस्थानका प्रतिनिधिले जात्राको तयारीबारे जानकारी दिँदै रथ तान्ने कार्य दिउँसो ३ बजेबाट सुरु हुने बताउनुभयो। अन्य वक्ताहरूले पनि बिस्का जात्राले समुदायमा एकता र भाइचाराको भावना बढाउने महत्वपूर्ण पर्व भएको धारणा व्यक्त गरेका थिए।

Published Date: 10 April 2026


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर