सूर्यविनायक नगरपालिकामा कक्षा ८ को नतिजा सार्वजनिक, ७५.६९ % विद्यार्थी ग्रेडेड

सूर्यविनायक नगरपालिकामा कक्षा ८ को नतिजा सार्वजनिक, ७५.६९ % विद्यार्थी ग्रेडेड : Icon Khabar

भक्तपुर, चैत २७ । सूर्यविनायक नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूको आधारभूत तह (कक्षा ८) को परीक्षाको नतिजा सार्वजनिक गरिएको छ।

नगर उपप्रमुख सरिता तिमसिना भट्टराईज्यूको संयोजकत्वमा गठित परीक्षा समितिबाट सञ्चालन गरिएको उक्त परीक्षामा जम्मा १६७१ विद्यार्थी इमिस मार्फत दर्ता भएका थिए भने १६३० जनाले मात्र परीक्षा फाराम भरेका थिए। तीमध्ये जम्मा १६२५ जना विद्यार्थी मात्र परिक्षामा सहभागी भएका थिए।

नतिजा अनुसार १२३० जना विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन्, जुन कुल सहभागीमध्ये ७५.६९ % हो। त्यस्तै ३९५ जना विद्यार्थी अनुत्तीर्ण (नन-ग्रेडेड) भएका छन्, जुन २४.३० % रहेको छ।

नगर उपप्रमुखको संयोजकत्वमा सञ्चालन भएको यस परीक्षाको नतिजा समग्रमा सन्तोषजनक रहेको जनाइएको छ। साथै, अनुत्तीर्ण विद्यार्थीहरूको शैक्षिक स्तर सुधारका लागि पुन परिक्षा सञ्चालन गर्ने तयारी गरिएको छ।

Published Date: 10 April 2026


ताजा
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
आज सोमबारको राशिफल
आइतबार पनि सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली