दैनिक ४० हजार लाइसेन्स छपाइ, तीन वर्षको पर्खाइ घट्ने

दैनिक ४० हजार लाइसेन्स छपाइ, तीन वर्षको पर्खाइ घट्ने : Icon Khabar

काठमाडौँ, चैत २७ । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ प्रक्रिया तीव्र पारिएको छ। विगतमा दैनिक ५–६ हजार मात्र छापिँदै आएको लाइसेन्स हाल दैनिक करिब ४० हजार प्रति छापिन थालेको छ।

सुरक्षण मुद्रण केन्द्रले बिहान ७ देखि दिउँसो ३ र दिउँसो ३ देखि बिहान १ बजेसम्म दुई सिफ्टमा काम सुरु गरेको जनाएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाको निर्देशनपछि छपाइमा तीव्रता आएको हो।

हाल छाप्न बाँकी करिब २९ लाख लाइसेन्स २०८३ असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। छापिएका लाइसेन्स हुलाकमार्फत देशभरका यातायात कार्यालयमा पठाइने र सेवाग्राहीले आफ्नो लाइसेन्सको अवस्था विभागको वेबसाइटबाट हेर्न सक्ने व्यवस्था गरिएको छ।

Published Date: 10 April 2026


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर