लिवालीबाट लागूऔषधसहित ३७ वर्षीय राजु कर्मचार्य पक्राउ

लिवालीबाट लागूऔषधसहित ३७ वर्षीय राजु कर्मचार्य पक्राउ : Icon Khabar

भक्तपुर, चैत २५ । लागूऔषध नियन्त्रण अभियानअन्तर्गत जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले भक्तपुर नगरपालिका–८ लिवालीबाट ३७ वर्षीय राजु कर्मचार्यलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार दुधपाटी घर भई हाल लिवाली बस्दै आएका कर्मचार्यको साथबाट विभिन्न लागूऔषध बरामद गरिएको हो। बरामद सामग्रीमा नोफिन ९६, डाइजेपाम ९८, फेनेरगन ९१ पिस, टेन्टाडोल ५४ चक्की, प्रोमेगन ४० चक्की र भोमिन १० चक्की रहेका छन्।

पक्राउ परेका व्यक्तिलाई प्रहरी वृत्त जगातीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Published Date: 08 April 2026


ताजा
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
आज सोमबारको राशिफल
आइतबार पनि सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली