भक्तपुरमा ब्राउन सुगरसहित दुई जना पक्राउ

भक्तपुरमा ब्राउन सुगरसहित दुई जना पक्राउ : Icon Khabar

भक्तपुर, चैत २५ । नेपाल प्रहरीले लागूऔषध कारोबारविरुद्धको अभियानअन्तर्गत भक्तपुरमा दुई जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ।

मिति २०८२ साल पौष २४ गते बेलुका करिब १८:३० बजे जिल्ला प्रहरी परिसर भक्तपुर बाट खटिएको प्रहरी टोलीले सूर्यविनायक नगरपालिका वडा नं. ६ पाण्डुबजार स्थित एक चिया पसलमा छापा मार्दा ६.७१ ग्राम ब्राउन सुगरसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा मण्डन देउपुर नगरपालिका वडा नं. ६ घर भई हाल काठमाडौं बौद्ध बस्दै आएका ३० वर्षीय राजकुमार तामाङ र सूर्यविनायक नगरपालिका वडा नं. ९ नलिञ्चोक घर भई हाल पाण्डुबजार बस्दै आएका ३७ वर्षीय प्रणय के.सी. रहेका छन्।

प्रहरीका अनुसार लागूऔषध किनबेच भइरहेको भन्ने गोप्य सूचनाको आधारमा उक्त अपरेशन सञ्चालन गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुर ले जनाएको छ।

Published Date: 08 April 2026


ताजा
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
आज सोमबारको राशिफल
आइतबार पनि सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली