चैत २७ गते दिउँसो ३ बजे भैलख तानी साँझ ५ बजे गहिटीमा विराजमान गराइने

चैत २७ गते दिउँसो ३ बजे भैलख तानी साँझ ५ बजे गहिटीमा विराजमान गराइने : Icon Khabar

भक्तपुर, चैत २५ । गुठि संस्थान भक्तपुरले बिस्का: जात्रा २०८२ का लागि विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ, जसअनुसार जात्राका सम्पूर्ण धार्मिक तथा सांस्कृतिक गतिविधिहरू निश्चित समय र जिम्मेवारीसहित सञ्चालन गरिनेछन्।

सार्वजनिक तालिकाअनुसार चैत २६ गते पूजा सामग्री, सुकुन्दा र बाजागाजासहित टोलीले भैरवनाथ मन्दिर क्षेत्रतर्फ गई आवश्यक सामग्री संकलन गरी गुठी कार्यालयमा व्यवस्थापन गर्ने कार्यक्रम रहेको छ। यस कार्यमा खड्ग बोक्ने, छाता ओढाउने, सुकुन्दा बोक्ने तथा पूजा सामग्री व्यवस्थापन गर्ने व्यक्तिहरूको स्पष्ट जिम्मेवारी तोकिएको छ।

चैत २७ गते बिहान ५ बजेदेखि नै श्री भैरवनाथको नित्य पूजा सुरु हुने र बिहान ६ बजेदेखि ९ बजेसम्म विभिन्न चरणमा पूजा गरिनेछ। यस अवधिमा स्थानीय टोल–टोलका भक्तजन, बाजा समूह र गुठियारहरूको सक्रिय सहभागिता रहनेछ। त्यसपछि बिहान १० बजेदेखि ११ बजेसम्म विशेष पूजा सम्पन्न गरिनेछ भने ११ बजे भैरवनाथको विशेष विधिअनुसार पूजा तथा अन्य धार्मिक प्रक्रिया अघि बढाइने तालिकामा उल्लेख छ।

त्यसैगरी बिहान ११:३० बजे भैरवनाथसँग सम्बन्धित अन्य धार्मिक क्रियाकलाप सम्पन्न गरिनेछ भने दिउँसो २ बजे तरवार (खड्ग) बुझाउने कार्यक्रम राखिएको छ। दिउँसो २ बजेपछि उपस्थित टोलीहरू भैरवनाथतर्फ जाने र २:१५ बजे गुठे पूजा गरी देवतालाई रथमा स्थापना गर्ने कार्य सम्पन्न गरिनेछ।

अन्तिम चरणमा दिउँसो २:३० बजे श्री भद्रकालीको रथ घट्टमा पु¥याई विधिपूर्वक विराजमान गराउने कार्यक्रम तय गरिएको छ।

गुठी संस्थानले सम्पूर्ण कार्यक्रम परम्परागत विधि, समय तालिका र जिम्मेवारीअनुसार सम्पन्न गर्न स्थानीय समुदाय, गुठियार, पुजारी तथा सरोकारवालासँग समन्वय गरी सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ। सार्वजनिक तालिका अनुसार चैत २७ गते दिउँसो ३ बजे भैलख तानी साँझ ५ बजे गहिटिमा विराजमान गराइने भएको हो।

Published Date: 08 April 2026


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर