काठमाडौँ, चैत २५ । सिंहदरबार प्रवेश गर्दा कानुन व्यवसायीहरूले गेट पास लिनुपर्ने व्यवस्था भएको छ।
कानुन व्यवसायीको परिचय पत्रको आधारमा सिंहदरबारमा निर्वाध रूपमा प्रवेश गर्न पाउने व्यवस्थालाई रोक लगाउँदै नयाँ गेट पास लिनुपर्ने व्यवस्था सुरू भएको हो।
सिंहदरबारभित्र प्रशासकीय अदालत छ। जहाँ कानुन व्यवसायीहरू वकालत गर्न पुग्ने गर्छन्।
मंगलबार अदालतका रजिस्ट्रार सरोजराज रेग्मीले सूचना जारी गर्दै कानुन व्यवसायीले नागरिक एपको सिंहदरबार गेट पास लिनुपर्ने व्यवस्था भएको जानकारी दिएका छन्। अन्य मन्त्रालयमा काम भए सम्बन्धित निकायमै समन्वय गर्न भनिएको छ।
नेपाल बार एशोसिएशनका महासचिव एवं प्रवक्ता केदार कोइरालाले कानुन व्यवसायीहरूलाई आइतबारदेखि नै सिंहदरबार प्रवेशका लागि गेट पास चाहिने व्यवस्था गरेको बताए।
उनकाअनुसार बहुदल व्यवस्था आएपछि स्वर्गीय एमाले नेता सुवासचन्द्र नेम्वाङले कानुन व्यवसायीको परिचय पत्रको आधारमा सिंहदरबारमा निर्वाध रूपमा प्रवेश गर्न मिल्ने व्यवस्था सुरू गरेका थिए। नेम्वाङ बारका पूर्वमहासचिव समेत थिए।
त्यसमा अहिलेको सरकारले रोक लगाएको उनले बताए। ‘
Published Date: 08 April 2026