संविधान संशोधन कार्यदलको पहिलो बैठक सिंहदरबारमा बस्दै

संविधान संशोधन कार्यदलको पहिलो बैठक सिंहदरबारमा बस्दै : Icon Khabar

काठमाडौँ, चैत २५ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ।

मन्त्रिपरिषद्को यही चैत १६ गतेको निर्णय अनुसार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)का प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठन भएको ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’को पहिलो बैठक आज बस्न लागेको हो ।

प्रधनमन्त्री शाहका सचिवालयका अनुसार बैठक ३ बजे बस्ने छ । कार्यदलमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सदस्य रहेका छन्।

नेपाली कांग्रेसका तर्फबाट मोहन आचार्य, नेकपा (एमाले) का तर्फबाट संविधान सभा सदस्य डा. भीष्मनाथ अधिकारी, नेकपा (माओवादी केन्द्र) का तर्फबाट संविधान सभा सदस्य एवं पूर्व कानुन मन्त्री देव प्रसाद गुरुङ्ग, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट संसदीय दल नेता ज्ञानेन्द्र शाही र राष्ट्रिय जनमोर्चाका तर्फबाट महासचिव मनोज भट्ट सदस्य रहेका छन्।

यसैबिच, नेपाली कांग्रेस, श्रम संस्कृति पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले पठाउने प्रतिनिधिबारे आन्तरिक छलफल भइरहेको छ। यी दलहरूले आजै कार्यदल सदस्यको नाम टुङ्गो लगाउने अपेक्षा गरिएको छ।

कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव पुष्कर सापकोटा र नेपाल कानुन आयोगका सचिव इन्दिरा दाहाल पनि सदस्य रहेका छन्। कार्यदलको सदस्य सचिवमा कानुन तथा फैसला कार्यान्वयन महाशाखाका प्रमुख लिलाधर सुवेदी रहेका छन्।

Published Date: 08 April 2026


ताजा
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
आज सोमबारको राशिफल
आइतबार पनि सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली