बालप्रतिभाको रंगीन झल्को: मर्निङ्ग ग्लोरीको ७औँ वार्षिकोत्सव तथा दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न

बालप्रतिभाको रंगीन झल्को: मर्निङ्ग ग्लोरीको ७औँ वार्षिकोत्सव तथा दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न : Icon Khabar

भक्तपुर, चैत २३ । मर्निङ्ग ग्लोरी किन्डरगार्टनको ७औँ वार्षिक उत्सव तथा दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न भयो। कार्यक्रम राष्ट्रिय गान र विद्यालयको आफ्नै गीतबाट औपचारिक रूपमा सुरु गरिएको थियो।

समारोहमा नर्सरीका २५ जना र युकेजीका ११ जना बालबालिकालाई प्रमुख अतिथि डा. लीला न्याइच्याईले दीक्षान्त प्रमाणपत्र वितरण गरिन्। साथै, कक्षा १ का ८ जना विद्यार्थीलाई वर्ग शिक्षक भावना सुकुभतुले विदाइ गरिन्।

कार्यक्रमका अवसरमा संस्थापक जगतनारायण ग्वाछा र संस्थापक डा. कोमल फुयाँलले विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई Academic Excellence Award, Active Kid Award, Tidy Kid Award, Disciplined Kid Award, Punctual Kid Award, Proper Uniform Award, Best Regularity Award तथा Best Voice Award प्रदान गरी सम्मान गरे।

प्रिन्सिपल निर्मला श्रेष्ठले स्वागत मन्तव्य राखिन् भने अध्यक्ष कमिनिका न्याइच्याईले धन्यवाद ज्ञापन गरिन्। साथै, इसीडी कन्सल्टान्ट प्रतिमा लामा, अभिभावक प्रतिनिधि संगिना श्रेष्ठ र एपेन भक्तपुरका अध्यक्ष किरण गोसाईले पनि मन्तव्य राखे।

कार्यक्रममा बालबालिकाहरूले विविध सांस्कृतिक प्रस्तुतीहरू प्रस्तुत गरे। नर्सरी बालिकाहरूले “School Jau Sathi ho Padhna Lekhna lai” गीतमा नृत्य प्रस्तुत गरे भने कक्षा १ का विद्यार्थीहरूले “Shiva Tandav” प्रस्तुत गरे। प्लेग्रुप तथा डेकेयरका बालबालिकाहरूले एक्शन गीत, नर्सरी बालकहरूले “Kalo Topi Bhadgaule”, युकेजीले “Profession Walk” र एलकेजीले “Hajurba le bhane the aula bhachi” जस्ता आकर्षक प्रस्तुति दिए।

त्यसैगरी, “Mobile Monster” नाटक, फ्रेयाको एकल नृत्य, एलकेजीको गीत प्रस्तुति, युकेजी र कक्षा १ को संयुक्त प्रस्तुति “We Shall Overcome” र “Hera Saathi Aakashma”, साथै “Resham Firiri” लगायतका संगीत प्रस्तुति तथा शिक्षकहरूको “Himal, Pahad, Tarai” र राष्ट्रिय गीतले कार्यक्रमलाई अझ रोचक बनायो।

उक्त समारोहले बालबालिकाहरूको प्रतिभा उजागर गर्नुका साथै अभिभावक र विद्यालयबीचको सम्बन्धलाई थप सुदृढ बनाएको आयोजकले जनाएको छ।

Published Date: 06 April 2026






ताजा
मर्निङ्ग ग्लोरी किन्डरगार्टनको ७औँ वार्षिक उत्सव तथा दीक्षान्त समारोह सम्पन्न
बालप्रतिभाको रंगीन झल्को: मर्निङ्ग ग्लोरीको ७औँ वार्षिकोत्सव तथा दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न
सोमबार सुनको मूल्य आज तोलामा २ हजार ६ सय रुपैयाँले घट्यो
आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता