सरकारले करिब २७ अर्ब ७५ करोड रुपैयाँ ऋण लिने

सरकारले करिब २७ अर्ब ७५ करोड रुपैयाँ ऋण लिने : Icon Khabar
तस्बिर: न्यू विजनेस एज

काठमाडौं, चैत २२ । सरकारले एसियाली विकास बैंक र विश्व बैंकबाट विभिन्न कार्यक्रम गर्न १८५ मिलियन अमेरिकी डलर अर्थात् करिब २७ अर्ब ७५ करोड रुपैयाँ ऋण लिने भएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले एडीबीबाट डिजिटल नेपाल ट्रान्सफर्मेसन प्रोजेक्टको लागि ४० मिलियन डलर र विश्व बैंकबाट ५० मिलियन गरी ९० मिलियन सहुलियत ऋण सहयोग लिने निर्णय गरेको हो ।

यसैगरी सरकारले दिगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट थप ९५ मिलियन अमेरिकी डलर ऋण सहयोग लिने निर्णय गरेको छ ।

Published Date: 05 April 2026


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर