स्वास्थ्य मन्त्री गिरी विश्व मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन स्वीट्जरल्याण्ड प्रस्थान

स्वास्थ्य मन्त्री गिरी विश्व मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन स्वीट्जरल्याण्ड प्रस्थान : Icon Khabar

काठमाडौ, फागुन १० । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरी बिरामी सुरक्षासम्बन्धी पाँचौं विश्व मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन मंगलबार राति स्वीट्जरल्याण्ड प्रस्थान गरेका छन् ।

फेब्रुअरी २३-२४ मा स्विट्जरल्याण्डको मोन्ट्रोमा हुने तय भएको शिखर सम्मेलनमा विश्वभरका मन्त्री, उच्चस्तरीय प्रतिनिधि र विज्ञहरुको सहभागिता रहनेछ ।

‘कम हानि राम्रो हेरचाह’ भन्ने नाराका साथ संकल्पदेखि कार्यान्वयनसम्म, समाधानको पहिचान गरी, कोभिड–१९ महामारीबाट सिकेका पाठहरू सहित कार्यान्वयनमा छलफल गरी विश्वव्यापी रूपमा बिरामी सुरक्षालाई प्रवर्द्धन गर्ने अन्तर्राष्ट्रिय प्रयासमा अर्को कोसेढुङ्गा हुने अपेक्षा गरिएको छ।

नेपाली प्रतिनिधिमण्डलमा मन्त्री, मन्त्रालय मातहतका नीति तथा योजना महाशाखाका प्रमुख डा कृष्णप्रसाद पौडेल र मन्त्रीका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरी सहभागी छन् । मन्त्री गिरी फागुन १० गते स्वदेश फर्कने कार्यक्रम छ ।

Published Date: 22 February 2023






ताजा
सूर्योदय सेकेन्डरी स्कुलको ४५औँ वार्षिकोत्सव सम्पन्न, “सूर्योदय रत्न सम्मान” किरण सुवाललाई प्रदान
विश्व प्रसिद्व भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न
प्रसिद्ध भारतीय गायिका आशा भोस्ले अस्पताल भर्ना






ट्रेन्डिङ
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा