स्वास्थ्य मन्त्री गिरी विश्व मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन स्वीट्जरल्याण्ड प्रस्थान

स्वास्थ्य मन्त्री गिरी विश्व मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन स्वीट्जरल्याण्ड प्रस्थान : Icon Khabar

काठमाडौ, फागुन १० । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरी बिरामी सुरक्षासम्बन्धी पाँचौं विश्व मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन मंगलबार राति स्वीट्जरल्याण्ड प्रस्थान गरेका छन् ।

फेब्रुअरी २३-२४ मा स्विट्जरल्याण्डको मोन्ट्रोमा हुने तय भएको शिखर सम्मेलनमा विश्वभरका मन्त्री, उच्चस्तरीय प्रतिनिधि र विज्ञहरुको सहभागिता रहनेछ ।

‘कम हानि राम्रो हेरचाह’ भन्ने नाराका साथ संकल्पदेखि कार्यान्वयनसम्म, समाधानको पहिचान गरी, कोभिड–१९ महामारीबाट सिकेका पाठहरू सहित कार्यान्वयनमा छलफल गरी विश्वव्यापी रूपमा बिरामी सुरक्षालाई प्रवर्द्धन गर्ने अन्तर्राष्ट्रिय प्रयासमा अर्को कोसेढुङ्गा हुने अपेक्षा गरिएको छ।

नेपाली प्रतिनिधिमण्डलमा मन्त्री, मन्त्रालय मातहतका नीति तथा योजना महाशाखाका प्रमुख डा कृष्णप्रसाद पौडेल र मन्त्रीका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरी सहभागी छन् । मन्त्री गिरी फागुन १० गते स्वदेश फर्कने कार्यक्रम छ ।

Published Date: 22 February 2023


















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक