महन्थ ठाकुरलाई नयाँ राष्ट्रपति बनाउन देउवालाई लोसपाका नेताहरूको आग्रह

महन्थ ठाकुरलाई नयाँ राष्ट्रपति बनाउन देउवालाई लोसपाका नेताहरूको आग्रह : Icon Khabar

काठमाडौं, फागुन १० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेताहरुले आज भेटवार्ता गरेका छन् ।

राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा लोसपाले देउवासँग राष्ट्रपतिको नयाँ उम्मेदवारको नाम लिएर भेट गर्ने भएको छ । दलहरु सहमतिको उम्मेदवारको खोजीमा रहेकाले लोसपाले राष्ट्रपति पदका लागि सर्वसम्मतिको उम्मेदवारका रुपमा ठाकुरको नाम प्रस्ताव गरेको हो ।

सोही प्रस्तावलाई लिएर नेकपाका शीर्ष नेताले मंगलबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटमा भेटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 February 2023
Website | + posts