बागमती टिपर व्यवसायी संघ को ११ औं वार्षिक साधारणसभा सम्पन्न

बागमती टिपर व्यवसायी संघ को ११ औं वार्षिक साधारणसभा सम्पन्न : Icon Khabar

काठमाडौँ, फागुन १० । बागमती टिपर व्यवसायी संघ काभ्रेको एघारौं वार्षिक साधारणसभा मंगलबार सुन्दर नगरी पोखरामा सम्पन्न भएको छ ।साधारणसभाको उद्घाटन नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष हिरालाल श्रेष्ठले गरेका थिए ।

साधारणसभामा बोल्दै अध्यक्ष श्रेष्ठले यातायात व्यवसायीहरु सङ्गठित हुनु पर्ने बताए । अहिले यातायात क्षेत्र विविध कानुनी जटिलताबाट गुज्रिएको र यसको समाधानका लागि महासघले निरन्तर रुपमा सरकारसंग लबिङ गर्दै आएको समेत बताए । अझै पनि यातायात क्षेत्रमा ढुक्क भएर लगानी गर्ने सक्ने अवस्था नभएको  र राज्यले व्यवसायीहरुको लगानीको सुरक्षा गर्नुपर्ने बताए ।

बागमती टिपर व्यवसायी संघमा करिब ८ सय टिपरहरु रहेका छ। साधारणसभामा भने करिब २ सय टिपर व्यवसायीहरुको सहभागीता रहेको सघका अध्यक्ष , सुरेश खत्रीले जानकारी दिए । सम्पन्न साधारणसभाले टिपर व्यवसायीहरुको हक र हितका लागि सरोकार वाला निकाय सँग थप छलफल गर्ने र संघ मा आवद्ध व्यवसायीहरुको टिपर दुर्घटनामा परि अङ्गभंग भएका चालक , सहचालक घाइतेको परिवारलाई मासिक ५ हजार भत्ता समेत उपलब्ध गराउने भएको छ ।

Published Date: 22 February 2023


















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक