बागमती टिपर व्यवसायी संघ को ११ औं वार्षिक साधारणसभा सम्पन्न

बागमती टिपर व्यवसायी संघ को ११ औं वार्षिक साधारणसभा सम्पन्न : Icon Khabar

काठमाडौँ, फागुन १० । बागमती टिपर व्यवसायी संघ काभ्रेको एघारौं वार्षिक साधारणसभा मंगलबार सुन्दर नगरी पोखरामा सम्पन्न भएको छ ।साधारणसभाको उद्घाटन नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष हिरालाल श्रेष्ठले गरेका थिए ।

साधारणसभामा बोल्दै अध्यक्ष श्रेष्ठले यातायात व्यवसायीहरु सङ्गठित हुनु पर्ने बताए । अहिले यातायात क्षेत्र विविध कानुनी जटिलताबाट गुज्रिएको र यसको समाधानका लागि महासघले निरन्तर रुपमा सरकारसंग लबिङ गर्दै आएको समेत बताए । अझै पनि यातायात क्षेत्रमा ढुक्क भएर लगानी गर्ने सक्ने अवस्था नभएको  र राज्यले व्यवसायीहरुको लगानीको सुरक्षा गर्नुपर्ने बताए ।

बागमती टिपर व्यवसायी संघमा करिब ८ सय टिपरहरु रहेका छ। साधारणसभामा भने करिब २ सय टिपर व्यवसायीहरुको सहभागीता रहेको सघका अध्यक्ष , सुरेश खत्रीले जानकारी दिए । सम्पन्न साधारणसभाले टिपर व्यवसायीहरुको हक र हितका लागि सरोकार वाला निकाय सँग थप छलफल गर्ने र संघ मा आवद्ध व्यवसायीहरुको टिपर दुर्घटनामा परि अङ्गभंग भएका चालक , सहचालक घाइतेको परिवारलाई मासिक ५ हजार भत्ता समेत उपलब्ध गराउने भएको छ ।

Published Date: 22 February 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २९ गते आइतबार
सूर्योदय सेकेन्डरी स्कुलको ४५औँ वार्षिकोत्सव सम्पन्न, “सूर्योदय रत्न सम्मान” किरण सुवाललाई प्रदान
विश्व प्रसिद्व भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न






ट्रेन्डिङ
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा