पेट्रोलियम पदार्थको मूल्य तीव्र रूपमा उकालो लाग्दै

पेट्रोलियम पदार्थको मूल्य तीव्र रूपमा उकालो लाग्दै : Icon Khabar

काठमाडौं, चैत १८ । इजरायल, अमेरिका र इरानबीच युद्ध प्रारम्भ भएसँगै विश्व अर्थतन्त्रमा नयाँ कम्पन देखिएको छ। यसको सबैभन्दा ठूलो असर कच्चा तेलको बजारमा देखिएको छ ।

केही हप्ताअघि मात्र प्रति ब्यारेल ७३ डलर रहेको ब्रेन्ट क्रुड अहिले मार्च ३१ सम्म आइपुग्दा करिब ११७ डलर पुगेको छ। यो उछालले ऊर्जा बजारलाई मात्र होइन, विश्वभरका सामान्य उपभोक्ताको दैनिक जीवनलाई समेत प्रभावित पार्न थालेको छ ।

ऊर्जाको थोक मूल्य बढेसँगै यसको असर सिधै पेट्रोल पम्पहरूमा देखिन थालेको छ। अमेरिकामा युद्ध प्रारम्भ भए यता पेट्रोलको औसत मूल्य करिब १ डलरले बढेर अहिले ४ डलर प्रति ग्यालन नाघेको छ-यो पछिल्ला चार वर्षकै उच्च स्तर हो । बेलायतमा पेट्रोलको मूल्य १४ प्रतिशतले बढ्दा डिजेलको मूल्य झन् तीव्र रूपमा २७ प्रतिशतले उकालो लागेको छ। यसले यातायातदेखि उद्योगसम्म व्यापक असर पारिरहेको छ ।

Published Date: 01 April 2026


ताजा
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
आज सोमबारको राशिफल
आइतबार पनि सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली