सामसङको ‘स्मार्ट घर, स्मार्ट सुरुवात’ अभियान सार्वजनिक

सामसङको ‘स्मार्ट घर, स्मार्ट सुरुवात’ अभियान सार्वजनिक : Icon Khabar

काठमाडौँ, चैत १८ । सामसङ नेपालले नयाँ वर्ष २०८३ को अवसरमा ‘स्मार्ट घर, स्मार्ट सुरुवात’ अभियान घोषणा गरेको छ। यो अफर अप्रिल १ देखि मे १४, २०२६ सम्म लागू हुने कम्पनीले जनाएको छ।

यस अभियानअन्तर्गत टेलिभिजनमा २५ प्रतिशतसम्म, कपडा धुने मेसिनमा २३ प्रतिशतसम्म र फ्रिजमा १७ प्रतिशतसम्म छुट उपलब्ध गराइएको छ। साथै, छनोट गरिएका टेलिभिजन खरिदमा १२ महिनासम्मको निःशुल्क नेट टिभी प्याकेज र कपडा धुने मेसिनमा सर्फ एक्सेल म्याटिक उपहार प्रदान गरिनेछ।

ग्राहकलाई सहज बनाउन २४ महिनासम्मको किस्ता सुविधा पनि उपलब्ध गराइएको छ। ५० हजार रुपैयाँभन्दा माथिका उपकरण ४० प्रतिशत अग्रिम भुक्तानीमा खरिद गर्न सकिनेछ। १२ महिनाको किस्तामा शून्य प्रतिशत ब्याजदर र २४ महिनाको योजनामा ७.९९ प्रतिशत ब्याजदर लाग्ने जनाइएको छ।

साथै, पुराना उपकरण साटेर नयाँ खरिद गर्ने सुविधा पनि उपलब्ध रहेको र देशभरका आधिकारिक सामसङ स्टोरहरूमा यो अफर लागू हुने कम्पनीले जनाएको छ।

Published Date: 01 April 2026


ताजा
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
आज सोमबारको राशिफल
आइतबार पनि सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली