भक्तपुर उद्योग वाणिज्य संघमा महिला उद्यमी उपसमिति गठन

भक्तपुर उद्योग वाणिज्य संघमा महिला उद्यमी उपसमिति गठन : Icon Khabar

भक्तपुर, चैत १८ । भक्तपुर उद्योग वाणिज्य संघअन्तर्गत जिल्लाका महिला उद्यमीहरु सम्मिलित महिला उद्यमी उपसमिति मंगलबार गठन गरिएको छ ।

संघकी कार्यसमिति सदस्य एवं महिला उद्यमी मञ्जु सुवेदीको संयोजकत्व एवं सरस्वती कार्कीको सहसंयोजकत्वमा २० सदस्यीय उपसमिति गठन गरिएको हो । उपसमितिको सदस्यहरुमा श्रीलक्ष्मी पञ्च, देवका श्रेष्ठ, मुना राउत, तारा श्रेष्ठ, सन्ध्या श्रेष्ठ, मन्दिरा बास्कोटा रहेका छन् । यसैगरी, सदस्यहरुमा पुनम श्रेष्ठ, धनलक्ष्मी श्रेष्ठ, कविता श्रेष्ठ, नमिता शर्मा, सीता भण्डारी, संगिता दुलाल रहेका रहेका छन् ।

उपसमितिमा रहेका अन्य सदस्यहरुमा पिंकी तिमिल्सिना, रस्मिता बखुन्छें, सरु शिल्पकार, सावित्रा खड्का, दयालक्ष्मी किलम्बू र अनिता उप्रेती रहेका छन् ।

कार्यक्रममा संघका अध्यक्ष कृष्णमुरारी न्यौपानेले नवगठित महिला उद्यमी उपसमितिबाट महिला उद्यमशीलता विकासका लागि महत्वपूर्ण गतिविधिहरु सञ्चालन हुनुपर्नेमा जोड दिए । सफल उद्यमी व्यवसायीहरुको उदाहरण प्रस्तुत गर्दै उनले आफूमा दक्षता, योग्यता र सीपलाई विकास गर्दै दत्तचित्त भएर उद्यम गर्दै गएमा अवश्य पनि सफलता प्राप्त हुने बताए ।

महिला उद्यमी व्यवसायीहरुको विकासका लागि महिला उद्यमी उपसमितिमार्फत महिला लक्षित विभिन्न कार्यक्रमहरु तालिका बनाएर सञ्चालन गर्न आग्रह गर्दै उनले आवश्यक स्रोत साधनको व्यवस्थापन संघले गर्ने बताए ।

कार्यक्रममा संघकी निवर्तमान अध्यक्ष रोशनीमैयाँ धौबन्जा, कार्यसमिति सदस्य एवं उपसमितिकी संयोजक मञ्जु सुवेदी, कार्यसमिति सदस्य एवं उपसमितिकी सहसंयोजक सरस्वती कार्कीले उपसमितिले महिला उद्यमीहरुको नेतृत्व विकाससँगै महिला उद्यमीहरुको उद्यम व्यवसाय विकास गर्दै उत्पादित सेवा तथा वस्तुहरुको प्रवद्र्धन हुने कार्यक्रमलाई जोड दिने बताए ।

Published Date: 01 April 2026
ताजा
भक्तपुर उद्योग वाणिज्य संघमा महिला उद्यमी उपसमिति गठन
सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीश, राउत सेवा निवृत्त
पञ्जाब किङ्सको विजयी सुरुआत, गुजरात टाइटन्स ३ विकेटले पराजित
पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक