सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीश, राउत सेवा निवृत्त

सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीश, राउत सेवा निवृत्त : Icon Khabar

काठमाडौं, चैत १८ । सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल ले बुधबारदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी छन्। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत उमेरहदका कारण सेवा निवृत्त भएपछि उनले उक्त जिम्मेवारी पाएकी हुन्।

राउत ६५ वर्षे उमेर सीमा पूरा गरी अनिवार्य अवकाशमा गएका हुन्। उनलाई मंगलबार सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा बिदाइ गरिएको थियो। उनी विसं २०८१ असोज २० मा प्रधानन्यायाधीश नियुक्त भएका थिए।

संविधानको धारा १२९(९) अनुसार प्रधानन्यायाधीशको पद रिक्त हुँदा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशले कायममुकायम रूपमा जिम्मेवारी सम्हाल्ने व्यवस्था छ।

नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि न्याय परिषद्ले सपना प्रधान मल्लसहित कुमार रेग्मी, हरि फुँयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदीतिलप्रसाद श्रेष्ठ को नाम सिफारिस गरेको छ।

संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदन भएपछि मात्र राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने व्यवस्था छ। तर प्रतिनिधिसभा विघटन भएपछि संवैधानिक परिषद् निष्क्रिय बनेको छ।

अब प्रतिनिधिसभाले सभामुख र उपसभामुख चयन गरी प्रमुख विपक्षी दलको नेता टुंगो लगाएपछि मात्रै संवैधानिक परिषद्ले पूर्णता पाउनेछ।

Published Date: 01 April 2026