पञ्जाब किङ्सको विजयी सुरुआत, गुजरात टाइटन्स ३ विकेटले पराजित

पञ्जाब किङ्सको विजयी सुरुआत, गुजरात टाइटन्स ३ विकेटले पराजित : Icon Khabar

काठमाडौं, चैत १८ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाब किङ्सले घरेलु मैदानमा विजयी सुरुआत गरेको छ। मंगलबार भएको खेलमा पञ्जाबले गुजरात टाइटन्सलाई ३ विकेटले हरायो।

पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै १६२ रन बनायो। पञ्जाबका विजयकुमार विशाकले ३४ रन खर्चेर ३ विकेट लिँदै उत्कृष्ट बलिङ गरे।

जवाफमा पञ्जाबले १९.१ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। डेब्यू खेलमै कूपर कोनोलीले अविजित ७२ रन बनाएर टोलीलाई जित दिलाए। प्रभसिमरन सिंहले ३८ रन तथा कप्तान श्रेयस अय्यरले १८ रनको योगदान दिए।

मध्यक्रममा दबाबमा परेको पञ्जाबलाई कोनोलीको संयमित र आक्रामक ब्याटिङले जिततर्फ डोर्‍यायो।

Published Date: 01 April 2026


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर