नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्री प्रचण्डको बधाइ

नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्री प्रचण्डको बधाइ : Icon Khabar

काठमाडौं, फागुन ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टिमलाई बधाइ दिएका छन् । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिज अन्तर्गत नेपालमा भएका चार वटै खेलमा विजयी भएको क्रिकेट टिमलाई मंगलबार साँझ प्रधानमन्त्री प्रचण्डले बधाइ दिएको हो।

प्रधानमन्त्री प्रचण्डले क्रिकेट टिमलाई बधाई दिँदै फेसबुकमा लेखेका थिए , ‘‘आईसीसी क्रिकेट विश्वकप लिग-२ च्याम्पियन स्कटल्याण्डमाथि दुई विकेटको रोमाञ्चक जित हात पार्दै घरेलु मैदानमा भएको सिरिज क्लिन स्वीप गरेकोमा नेपाली टिमलाई हार्दिक बधाई ज्ञापन गर्दै सम्पूर्ण खेलाडीको निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु।’’

त्रिवि मैदान कीर्तिपुरमा आज भएको चौथो तथा अन्तिम खेलमा नेपालले स्कटल्यान्डलाई दुई विकेटले हराउदै सिरिजमा क्लिन स्वीपको नतिजा निकाल्ने नेपाल पहिलो टोली बनेको छ ।

नेपालले पहिलो खेलमा नामिबियालाई दुई विकेट, दोस्रो खेलमा स्कटल्यान्ड र तेस्रो खेलमा नामिबियालाई तीन-तीन विकेटले पराजित गरेको थियो । जितका लागि दुई सय १३ रनको लक्ष्य पछ्याएको नेपालले ४४.१ ओभरमा आठ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।
नेपालका लागि रोहित पौडेलले अविजित सर्वाधिक ९५ रन बनाएको थियो भने करण केसीले अविजित ३१ रन , ज्ञानेन्द्र मल्लले २१, कुशल मल्लले १७ र आशिष शेखले १२ रन बनाएको थियो ।

खेलमा रोहित प्लेयर अफ दि म्याच घोषित भएको थियो ।

लिग–२ च्याम्पियन बनिसकेको स्कटल्यान्डले अन्तिम खेलमा हार खेप्दै लिगका सबै ३६ खेल खेलिसकेको स्कटल्यान्ड ५० अङ्क जोड्दै शीर्षस्थानमा छ भने २८ खेलमा २६ अङ्क बनाएको नेपाल छैटौँ स्थानमा छ । ३४ खेलबाट ३७ अङ्क बनाएको नामिबिया तेस्रो स्थानमा छ ।

नेपाललाई विश्वकपमा स्थान बनाउन अबका सबै खेल जित्नु पर्ने बाध्यता छ । सात टोली सहभागी लिगमा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने तीन टोलीले एकदिवसीय विश्वकप खेल्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 February 2023
Website | + posts




ताजा
माइतीघरमा प्रदर्शन गर्न खोजेको आरोपमा पक्राउ पर्नेको संख्या १४ पुग्यो
भारतमा खोकीको औषधि ‘कफ सिरप’मा गम्भीर समस्या
बिहिबारको सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढ्यो
बिपी राजमार्गमा एकतर्फी यातायात सञ्चालन गर्ने तयारी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक