सांग्रिलालाई अर्किड कप

सांग्रिलालाई अर्किड कप : Icon Khabar

काठमाडौं, फागुन ९ । सांग्रिलाले सातौं अर्किड कप जुनियर ब्वाइज फुटबल प्रतियोगिताको उपाधि जितेको छ । काँडाघारीस्तिथत आयोजक अर्किडको मैदानमा भएको फाइनलमा सांग्रिलाले कौतिल्यलाई १–० गोलले पराजित गरेको थियो। खेलमा मनकामना तेश्रो भएको थियो ।

प्रतियोगिता अन्तर्गत शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गरेका थिए भने चौथो भएको माउन्ट सेबले ५ हजार नगद पुरस्कारप्राप्त गरेका थिए ।

विजेतालाई कागेश्वरी मनोहरा नगरपालिका मेयर उपेन्द्र कार्की, अर्किडका सञ्चालक प्रेमकुमार भुजेल, प्रिन्सिपल चोलेन्द्रबहादुर कार्कीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेको थियो । नकआउट प्रतियोगितामा ३८ टिम सहभागी थिए ।

Published Date: 21 February 2023






ताजा
धरौटीले होइन, नियमनले बचाउँछ विद्यार्थी: शैक्षिक परामर्श व्यवसायीहरूको चेतावनी
शुक्रबार सुनको मूल्यमा गिरावट
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न