काठमाडौँ, फागुन ९ । ने मुनीको वासस्थान “कुलेश्वर महादेव” रहेको क्षेत्र हो | भाषा वंशावली अनुसार मन्जुश्रीले उपत्यकाको पानी चोभारबाट बाहिर पठाइसके पछी “ने मुनी”ले गोपाल पशुपतीनाथको ज्योतिले भष्म भएको समाचार सुनेर देवपतनमा आई तपस्या गरी बसे | पछी बागमती र विष्णुमती दोभान देखी पश्चिम पट्टि विष्णुमतीको दाँया तिर संगै रहेको सानो थुम्का (डाँडा)मा आफ्नो आश्रम बनाएर कुलेश्वर महादेवको स्थापना गरि बसे |
कुलेश्वर महादेवसंगै एउटा खुट्टाले मात्र टेकी तपको मुद्रामा उभिएका आकृती शिलाकै “जंगला आजु” ने मुनि ऋषि हुन् |
कुलको देवता-कुलेश्वर महादेव
कुलेश्वर महादेवमा रहेको मल्लकालीन नेपाल भाषामा लेखिएको शिलालेख अनुसार नेपाल सम्वत् ८९२मा काठमाडौँको न:घल, ज्वागल, कालिमाटी र पाटनका श्रेष्ठ, शाक्य, महर्जन र बज्राचार्यहरुको कुलदेवता कुलेश्वर महादेव हो भन्ने बुझिन्छ |
नेवारहरुको कुलदेवता रहेको हुँदा कुलेश्वर र एउटा प्राकृतिक ढुंगा मात्र पुज्ने हुँदा देवताका पनि देवतालाई महादेव भनि कुलेश्वर महादेव भनिएको हुनसक्ने मेरो अनुमान छ | एक समय सेतो कौवाहरुको वासस्थान रहेको यस क्षेत्रमा नेपाल सम्वत् ११२१ मा बुद्ध विहार पार्कको निर्माण भएको हो |
गोपाल वंशावली अनुसार
मातातिर्थ थ्वबहालमा बस्ने ग्वाला “सापु” र ज्यापु (ग्वालालाई नेपालभाषामा सापु भानिन्छ, “सा” भनेको-गाइ र “पु” भनेको सक्षम) र ज्यापू (“ज्या” भनेको-काम र “पु” भनेको सक्षम) ले पद्मकाष्ठगिरि घुम्न जाँदा त्यहाँ गाईहरु पाल्ने अती सुयोग्य र उत्तम ठाँउ भेटाएछ र गोपाल ग्वालाले आफ्नो भएको गाईहरु लिई परिवार सहित त्यहि ठाउँमा बसाई गरि बस्न आएछ |
पद्मकाष्ठगिरि (कीर्तिपुर)को नैऋत्य कोणमा “सागल” टोल छ | हो त्यहि टोलमा आफ्नो गाईहरु लिई परिवार सहित बसेछन | “सागल” नेपालभाषाको दुईवटा शब्द मिलेर बनिएको हो | “सा” भनेको गाई र “गल” वा “ग:” भनेको गोठ भन्ने गरिन्छ |
उक्त ग्वालाले सधै बेलुकी सुत्ने बेलामा गाईलाई एकातिर र बाछालाई अर्कोतिर बाँधी भोलिपल्ट बिहान दूध दुहुने गर्थियो | यस्तैमा एकदिन बहुर्ही नामको गाईको दूध दुहुन भनि जाँदा बाछा र माऊ जहाँ बाँधिराखेको थियो. त्यहि थिए तर कल्चौंडामा दूध थिएन | एक दिन होइन, दुई दिन होइन, सधै त्यस्तै हुन लाग्यो | यो देखेर ग्वालालाई अचम्म लाग्यो |
अनि उसले त्यो के भएको हो भनि सधै जसरि बाँध्ने हो त्यसरी नै बाछा र माऊ बाँधी आफु चाहिं नसुती झ्यालको प्वालबाट हेर्रिरहेको रहेछ | आधा रात भएपछी माऊ गाईले टाउको बाट दाम्लो खसाली पुर्व र उत्तरको बीच तिर गएछ | जाँदा-जाँदै श्लेषमान्तक वनको ढिस्कोमा टक्क उभीएर गाईले दूध चुहाउँ थालिछन् |
झिसमिसे उज्यालो हुनु भन्दा पहिलै त्यहि गोठमा आई दाम्लामा जस्ताको त्यस्तै भइ बसीछन् | पछी-पछी गएको ग्वालाले आफ्नो परिवारलाई उक्त घटना सुनाएछ र उक्त ढिस्कोमा दूध चुहाउनुको रहस्य बुझ्ने मनसायले उ आफैले ढिस्को खन्दै माटो पन्छाउन थालेछ | एकाएक ज्योतिलिङ्गबाट उत्पन्न पाँचरश्मीले गोपाल ग्वाला भष्म भई मुक्ती प्राप्त गरी ज्योतिलिङ्गमा बिलिन भएछ |
पशुपतीनाथको ज्योतिले भष्म भएको समाचार सुनेर “ने मुनी” देवपतनमा आई तपस्या गरी बसे | एकदिन “ने मुनी”लाई आकाशवाणी भयो –“ती भष्म भएका ग्वालाका सन्तान खोजेर राजा भनाउनु | तिम्रो ठुलो कीर्ति हुनेछ |”
सोहि वाणी बमोजिम ने मुनी सिद्धिप्राप्त ऋषिले ती भष्म भएका ग्वालाको सन्तान खोजी गर्दा पद्मकास्तगिरिमा उनका छोरा भुक्तमान (भुरिमाघ) ग्वालालाई फेला पारी उनलाई राज्यभिषेक गरी राजा घोषणा गरे |
पछी बागमती र विष्णुमती दोभान देखी पश्चिम पट्टि विष्णुमतीको दाँया संगै सानो थुम्कामा आफ्नो आश्रम बनाएर महादेवको स्थापना गरि बसे | त्यहि बसी राजा र प्रजालाई आ-आफ्नो नियममा बस्नु पर्ने बन्दोबस्त मिलाए | ने मुनीले गोपालवंशका राजा बनाएको हुनाले, यो देशको नाम ने मुनीको “ने” र गोपाल को “पाल” मिलाएर “नेपाल” हुन गएको हो |
पशुपालन युगका राजा भुक्तमान गोपालले नै सर्वप्रथम पशुपतिनाथको मन्दिर बनाएर कीर्ति राखे | उनले नेपालमा ८८ वर्षसम्म राज्य गरे | राजा भुक्तमान पछी जय गुप्त, परमगुप्त,भिम (हर्ष) गुप्त, भिम गुप्त द्वितीय, मणि गुप्त, विष्णु गुप्त, र जय यक्ष गुप्त सम्म आठ पुस्ताले ४८२ वर्षसम्म नेपालमा राज्य गरेको वंशावलीमा पाइन्छ |
कीर्तिपुर
बहुर्ही नाम गरेको गाईले श्लेषमान्तक वनमा आफ्नो कीर्ति राखेको हुनाले पद्मकास्तगिरि / पद्मकास्तपुरको नाम यत्र तत्र सर्वत्र चलन थाल्यो र यस ठाउँलाई कीर्तिपुर भन्न थालियो | यसरी “कीर्तिपुर”को नामकरण भएको हो भन्ने वंसावालीमा उल्लेख पाईन्छ |
लेखक/ संकलक
निरज मान सिंह
निरज मान सिंह
-
निरज मान सिंह#molongui-disabled-link
-
निरज मान सिंह#molongui-disabled-link